बजारमा करेक्सन : आगामी बजारको दिशा के कुराले निर्धारण गर्ला ?
आर्थिक संवाददाता
पुस २८, २०७८ बिहिबार १:२५:६
२८ पुस, काठमाडौं । साताको चौथो कारोवार दिन नेप्से परिसूचकमा धेरै समय पश्चात करेक्सन देखिएको छ । नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घट्दा कारोवार रकम भने वृद्धि भएको छ । प्रतिशतमा नेप्से १ दशमलव ०८ प्रतिशतले घटेको छ ।
अघिल्लो कारोवार दिन मंगलबार ६ अर्ब ७२ करोड बराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ०३ करोड बराबरको शेयर खरिदबिक्री भएको छ । बजार आक्रामक रुपमा बृद्धि हुँदा कारोवारीहरुले नाफा बुक गर्ने हुँदा बजारमा करेक्सन आउने गर्दछ । करेक्सनको बेलामा कारोवार रकम वृद्धि हुनुलाई सकारात्मक रुपमा लिन भने सकिदैन । तर पनि करेक्सन हुँदै वृद्धि भएको बजार दिगो हुने र निरन्तर वृद्धि भएको बजारमा कहिले काही दुर्घटना हुने सम्भावना पनि हुन्छ।
शेयरबजार आज २८३९ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु २८७४ रहेको छ । त्यस्तै बजारले न्यून विन्दु २७९६ समातेको थियो । त्यस्तै बजारको आजको अर्को सकारात्मक पक्ष भनेको बजार आज २८०० को मनोवैज्ञानिक टेवा क्षेत्र माथि बस्न सफल भएको छ ।
अब बजारमा पुष मसान्तको असर लभभग सकिएको र अब माघ महिना देखि प्रणालीमा कति तरलता हुन्छ र बैंकहरुले माघ महिनाको लागि कुन हिसाबले व्याज निर्धारण गर्छन भन्ने कुराले अबको बजारलाई ड्राईभ गर्ने देखिन्छ।
आज सर्वाधिक कारोवार हुने कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार