काठमाडौंका दुईसहित आठ व्यक्ति मृत फेला
नेपालबहस संवाददाता
पुस २८, २०७८ बिहिबार १:४३:१
२८ पुस, काठमाडौं । काठमाडौंमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौंसहित सङ्खुवासभा, नवलपरासी ‘पश्चिम’, ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी ‘पूर्व’ मा यसरी मानिसको मृत्यु भएको हो ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी आज मृत भेटिएका हुन् ।
गिरी सोमबारदेखि गेष्ट हाउसमा बस्दै आएकामा आफू बसेकै कोठाभित्र मृत फेला परेका थिए । यता काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा पार्किङ गरी राखेको पुरानो माइक्रोबसभित्र २२ वर्षीय एक पुरुष पनि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ डडारे बस्ने ४० वर्षीय महेश राई मृत भेटिएका छन् । बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव वरण्डामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । नवलपरासी ‘पश्चिम’, बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घर नजिकैको खेतमा र नवलपरासी ‘पूर्व’, मध्यबिन्दुस्थित नारायणी नदीको भङ्गालोमा एक पुरुष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई आफ्नै घर नजिकै मृत भेटिएका प्रहरीले जनाएको छ । उनी मिलमा गएकामा बेलुकासम्म नफर्कीएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
तेह्रथुमको फेदाप गाउँपालिका–१ भोगटेनी बस्ने ५५ वर्षीय लाइनबहादुर लिम्बु सोही ठाउँस्थित कालिदह भिरमुनि मृत भेटिएका हुन् । मंगलबार मिस्त्रि काम गर्न गएकामा घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यता सिरहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेका करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको जनाइएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार
पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, २४ घन्टामा २० जनाको मृत्यु
मंसिर ५, २०८१ बुधबार
मुग्लिन पोखरा सडकमा अन्तिम कालोपत्रे
मंसिर ५, २०८१ बुधबार
नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
मंसिर ५, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने
मंसिर ५, २०८१ बुधबार