नीतिगत निर्णयदेखि जनमुखी काममा समेत भेरी नगरपालिका अगाडि
नेपालबहस संवाददाता
माघ २, २०७८ आइतबार १६:३८:५
२ माघ, जाजरकोट । भेरी नगरपालिका नीतिगत निर्णयदेखि जनमुखी काममा समेत अगाडि देखिएको छ । युवाले नेतृत्व गरेको पालिका भनेर स्थापित भएको भेरी नगरपालिका शैक्षिक, स्वास्थ्य, सञ्चार र नीतिगत निर्णयमा समेत प्रभावशाली बन्दै गएको छ ।
विगतका चुनावी घोषणासमेत पूरा हुँदै गएका छन् । केही दीर्घकालीन र केही अल्पकालीन निर्णय हुनुका साथै भावी पुस्ताका लागि नासोको रूपमा हेरिएका महत्वाकांक्षी योजनाहरूको शुभारम्भसमेत गरिएको छ । जिल्ला सदरमुकाममा सडक, खानेपानी, विद्युत र स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको देखिन्छ ।
भेरी नगरपालिका र पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा काफलचौरमा बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ । जिल्लामै कुनै पालिकामा नभएको तर भेरीले मात्र सुरुवात गरेको शवबाहन ९ एम्बुलेन्स० सेवा पनि जिल्लाकै नमुनामा पर्दछ ।
एम्बुलेन्समा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट र सुत्केरी महिलाका लागि निस्शुल्क सेवा दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । भेरी नगरभित्र ५० शैय्याको अस्पताल निर्माण कार्य जारी छ ।
कर्णाली प्रदेशकै जडीबुटी प्रशोधन केन्द्रसमेत भेरी नगरपालिकामा बन्दै गरेको छ । मालिकामा भ्युटावर बनाउन थालिएको छ । मध्यपहाडी लोकमार्ग, लुम्विनी-रारा, छिन्चु-जाजरकोट हुँदै डोल्पा सडकखण्डसमेत निर्माण हुँदैछ । केही दीर्घकालीन विकास र केही तत्काल देखिने खालका काममा रहेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।
विकासका केही मोडल पुराना बनोट भए पनि नयाँ काम सकारात्मक दिशातिर बढेको प्रदेश सभा सदस्य गणेसप्रसाद सिंहले बताए । प्रदेशबाट कुनै पनि वडा नछुटाई विकास निर्माणको काम भएको उनको भनाइ छ । फार्मेसी पढाइले जिल्लामै स्वास्थ्य जनशक्ति उत्पादन भइरहेकोसमेत सिंहले बताए । भेरीमा ७० प्रतिशत घरमा विद्युतीकरण पुगेको नेपाल विद्युत प्राविकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार