कोरोनाको तेस्रो लहर : धमाधम नेताहरू आइसोलेसन
नेपालबहस संवाददाता
माघ २, २०७८ आइतबार १७:४५:३
२ माघ, काठमाडौं । नेपालमा पनि कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो ।
तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री नेता देवेन्द्र पौडेलसहित दर्जनौँ माओवादी केन्द्रका शीर्ष नेताहरू संक्रमित भएका छन् । माओवादी केन्द्रीय कार्यालयमा अधिकांशलाई कोरोना संक्रमण भएको छ ।
माओवादीको आठौं महाधिवेशनमा र त्यसपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका अधिकांश नेताहरूलाई कोरोना संक्रमण भएको छ ।
यस्तै सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, उमा रेग्मी, इन्द्र बानियाँसहित कांग्रेस शीर्ष नेताहरू संक्रमित भएका छन् ।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित एमालेका शीर्ष नेताहरू संक्रमित हुँदा नेकपा ‘एकीकृत समावादी’ अध्यक्ष माधवकुमार नेपाल, रामकुमार भट्टराई, कल्याणी खड्कासहितका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमित नेताहरू आइसोलेसनमा छन् । तर, संक्रमित पुष्टि हुनुअघि भेट भएका र एउटै बैठकमा बसेका केही नेताहरूलाई भने कोरोना संक्रमण भए ।
प्रचण्ड, माधवकुमार सहभागी सर्वदलीय बैठकमा उपस्थित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता जोगिएका छन् ।
जनस्वास्थ्यको मापदण्ड पालना गरी भिडभाड गरेर आयोजना गरिएको कार्यक्रममा सहभागी भएका नेतादेखि पत्रकारसम्म अहिले कोरोना संक्रमणको चपेटामा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार