“अल टाइम हाइ” भन्दा माथि जानु अघि बजारलाई कुन प्रतिरोध क्षेत्रको गर्नु पर्ने छ सामना ?
आर्थिक संवाददाता
माघ २, २०७८ आइतबार २३:१७:५७
२ माघ, काठमाडौं । माघको पहिलो साताको सरुवातमा बजारले आकर्षक वृद्धि गर्न सफल भएको छ । बजार आज पनि सकारात्मक देखिएको छ । साताको पहिलो कारोवार दिन नेप्से परिसूचकमा ६९ अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक २ दशमवल ४१ प्रतिशतले वृद्धि हुँदा ९ अर्ब ६७ करोडको शेयर कारोवार भएको छ ।
अघिल्लो कारोवार दिन नेप्सेमा ६ अर्ब ६७ करोडको शेयर कारोवार भएको थियो । कारोवार रकम भने वृद्धि भएको छ । बजार आज २८७३ को विन्दुमा खुलेकोमा २९४० को उच्च विन्दु सम्म पुगेको थियो भने २८७३ को न्यून विन्दु सम्म पुगेको थियो ।
आजको कारोवार हेर्दा “उत्पादन तथा प्रशोधन” उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ भने त्यसपछि “अन्य” उपसुचकमा वृद्धि देखिएको छ । आज कुनै पनि उपसुचकमा गिरावट देखिएको छैन । बजारको वृद्धिलाई सबै उपसुचकले साथ दिएकोमा बजारलाई ड्राइभ गर्ने वाणिज्य बैंक उपसुचकमा पनि २ प्रतिशत माथिको वृद्धि देखिएको छ।
बाजर पुरै बुलिस सेन्टिमेन्टमा देखिएको छ । बजारले यस अघिको उच्च विन्दु ३२०० पार गर्नु अघि ३००० को महत्वपूर्ण प्रतिरोध क्षेत्रलाई पार्न गर्नु पर्ने देखिन्छ। बजारले यस अघि ३२०० बाट तल आउँदा फेरी वृद्धि हुन् खोज्दा ३००० को क्षेत्र पार नगरी फर्किएको थियो।
त्यसैले प्राविधिक चार्ट हेर्दा बजारले अहिले २९६० देखि ३००० सम्मको प्रतिरोध क्षेत्रलाई तोड्नु पर्ने देखिन्छ। सो क्षेत्र तोड्न सकेमा बजार धेरै माथि पुग्ने अनुमान लगाउन सकिन्छ ।अहिलेको अवस्था र बजारको माहोल हेर्दा सो प्रतिरोध क्षेत्र तोड्न सक्ने क्षमता बजारले लिएको छ ।
सर्वाधिक कारोवार हुने कम्पनी:
सर्वाधिक कमाउने कम्पनी र गुमाउने कम्पनी :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार