सोमबारदेखि काठमाडौंका १७ ठाउँबाट कोरोनाको बुस्टर डोज
नेपालबहस संवाददाता
माघ २, २०७८ सोमबार ४:४:४६
२ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौंमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ ।
बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट काठमाडौंका १७ स्थानमा लगाउन जनाइएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ ।
काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।
बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । यसअघि जुन खोप लगाइएको थियो बस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार