चितवन कोरोनाको उच्च जोखिममा
नेपालबहस संवाददाता
माघ ३, २०७८ सोमबार २०:५५:३७
३ माघ, चितवन । चितवनमा कोरोना भाइरसको संक्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।
सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय संक्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनमा कोरोना संक्रमण देखिएको छ । जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको सङ्ख्या ८२८ जना पुगेको छ ।
२ गते जिल्लाका चार वटा प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १५० जना र एन्टिजोन परीक्षमा ९० जनाको गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार संक्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए ।
पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्र्रमण बढ्दै जाने थालेको ढकालले बताए । उनका अनुसार पुस २६ गते जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ११९, २७ गते १६२ जना, २८ गते २४० जना, २९ गते ३२७ जना सक्रिय संक्रमित पुगेका थिए । अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र संक्रमण दर बढ्दै गएको छ ।
पुस ३० गते शुक्रबार ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा संक्रमण देखिएको ढकालले जानकारी र्दिए । ढकालका अनुसार ३६० जनाको परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमण देखिएको थियो । माघ १ गते शनिबार जिल्लाका दुई पीसीआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल) मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ जनाको परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो ।
जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने ८०२ जना होम आइसोलेशनमा रहेका छन् । यहाँ हालसम्म २८ हजार ६८ जना संकमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोना संक्रमितमध्ये ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सङ्कक्रमतमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।
यस्तै खैरहनी नगरपालिकाको २७, माडी नगरपालिका १५, रत्ननगर नगरपालिका ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना संक्रमित रहेका छन् । जिल्लाको एक मात्र गाउँपालिकामा १२ जना सक्रिय सङ्क्रमित रहेको उनको भनाइ छ । सक्रिय संक्रमित बढेको भए पनि जिल्लामा सावधानी भने अपनाएको पाइदैन । माक्सकको प्रयोग बढेपनि भीडभाड कायमै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार