सुदूरपश्चिममा ३४५ संक्रमित थपिए
नेपालबहस संवाददाता
माघ ३, २०७८ मंगलबार २:१६:२५
३ माघ, बैतडी । सुदूरपश्चिम प्रदेशमा आज थप ३४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट एक हजार २७५ जनाको नमूना परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको हो ।
पिसिआरमार्फत १०३ र एन्टिजेनमार्फत २४२ जनामा पुष्टि भएको हो । पिसिआरमार्फत सेती प्रादेशिक अस्पतालमा ८९, जिल्ला अस्पतालमा १०, जिल्ला अस्पताल डोटीमा चार र एन्टिजेनमार्फत कञ्चनपुरका १२३, कैलालीका ९५, डोटीका सात, डडेल्धुरा र बाजुरा छ÷छ र बैतडीका पाँच जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, गएको २४ घण्टामा प्रदेशभर १२ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एकजनाको पनि मृत्यु भएको छैन । बाजुराको खप्तड छेडेदह–२ का ५१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । यसअघि आइतबार यस प्रदेशमा १८४ जनामा संक्रमण पुष्टि हुँदा आठजना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म छ सय १६ जनाको ज्यान गइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार