अभिनेत्री सामन्थालाई यशराज ब्यानरबाट तीन फिल्मको अफर
नेपालबहस संवाददाता
माघ ४, २०७८ मंगलबार १९:१४:१२
४ माघ, काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज ‘द फेमिली मेन सिजन २’बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यो सिरिजमा उनको अभिनयले सबै प्रभावित भए ।
यो सिरिजमा काम गरेपछि सामन्थालाई उनका फ्यानहरू बलिउडमा पाइला चालेको हेर्न चाहेका छन् । उनलाई बलिउडका धेरै फिल्मबाट अफर पनि आइरहेका छन् । प्राप्त खबरअनुसार उनलाई यशराज फिल्म्सले आफ्ना तीन ठूला फिल्ममा अफर गरेको छ ।
उनलाई यशराज फिल्म्सले निकै महँगो पारिश्रमिकमा आफ्ना तीन फिल्ममा अनुबन्धको प्रस्ताव गरेको हो । अभिनेत्रीले पनि यी फिल्ममा अभिनयको चासो देखाएकी छन् । यद्यपि अभिनेत्री र प्रोडक्सन हाउसले यो विषयमा स्वतन्त्र पुष्टि गरेको छैन ।
सामन्था चाँडै नै ‘द फेमिली मेन’का निर्देशक राज र डीकेका साथ सिटाडेलको स्पिन-अफमा काम गर्दैछिन् । उनको हातमा ‘काथु वकुला रेंडु काधल’ (तमिल), ‘शाकुंतलम’ ९तेलुगु०, ‘यशोदा’ ९तेलुगु०, र ‘अरेन्जमेन्ट अफ लव’ (इन्टरनेसनल डेब्यू) जस्ता कैयौं प्रोजेक्ट छन् ।
सामन्था पछिल्लोपटक ‘पुष्पाः द राइज’मा आइटम गर्लका रूपमा देखिएकी थिइन् । उनले यो गीतका लागि पाँच करोड पारिश्रमिक लिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार