पोखराका विद्यार्थी कोरोना सचेतना अभियान लिएर बागलुङ पसे
नेपालबहस संवाददाता
माघ ४, २०७८ मंगलबार २०:३२:२९
४ माघ, बलेवा । कोरोना संक्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् ।
उनीहरुले सार्वजनिकस्थानमा ब्यानर टाँगेका छन् भने सार्वजनिक यातायातमा यात्री र चालकलाई सचेतनामूलक सन्देश दिने, मास्क वितरण र कोरोनाबाट बच्न अपनाउनुपर्ने दूरीको बारेमा सिकाएका छन् । उनीहरुले यात्रीलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । “हामीले जानेको सेवा प्रवाह र सन्देश दिन खोजेका हौं”, टिम लिडर अभिनाश अधिकारीले भने,“स्वास्थ्य कार्यालयको अनुमति र मापदण्डअनुसार मात्रै काम गरेका हौं ।” उनीहरुले चोकमा अनावश्यक बसेकालाई सुरक्षित रहन आग्रह गरेका थिए ।
व्यक्तिगत खर्चमा आएका उनीहरुलाई कार्यक्रम गर्ने स्थानको बारेमा स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले सघाए । बसपार्क, जिपपार्क, विद्यालय, जिम हल तथा कफी सपमा भीड हुनसक्ने भन्दै ती स्थानमा पनि पुगेर सचेतना बढाउने र मास्क लगाउन प्रेरित गराउन लगाएको घिमिरेले जानकारी दिए ।
“पब्लिक हेल्थका धेरै विषय जानकारी गराउन हिँडेका हौँ, संयोगले कोरोनाको महामारी आएकोले विषय केन्द्रीत भएका हौं”, अधिकारीले भने, “अन्य समस्याका बारेमा पनि जनतालाई सचेतना गराउनेछौं ।” केही दिन बागलुङमा सचेतना अभियान चलाएपछि अन्य क्षेत्रमा पनि पुग्ने उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले पनि सचेतनाका अभियान चलाएको छ । चोक–चोकमा बसेर लाइसेन्स परीक्षण गर्ने ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले मास्कसमेत वितरण गरे। उनले मास्क नलगाई हिँडेकालाई सम्झाउने काम गरेका छन् ।
तीन दिनदेखि उनले चोक–चोकमा यो अभियान सुरु गरेका हुन्। “कतिले भुलेका होलान, कतिले लापरबाही गरेका होलान, सम्झाएर अनिवार्य मास्क लगाउन भनेको छु”, उनले भने, “नभएकालाई वितरण गरेका छौं ।” गृहमन्त्रालयले पनि केही मास्क जिल्ला तहमा पठाएकोले जिल्ला प्रहरीको समेत प्रतिनिधित्व गरेर ट्राफिक प्रहरीमार्फत मास्क वितरण भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
त्यस बाहेक सामुदायिक सेवा प्रहरी समेतको सहभागितामा कालीका मन्दिर परिसर, बसपार्क जस्ता स्थानमा पनि सचेतनाका क्रियाकलाप सञ्चालन हुन थालेका छन् । भीड नगर्ने, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने, निस्कनु पर्दा अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने जस्ता सन्देश प्रहरी र स्वंसेवकमार्फत प्रवाह गरिएको सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्यले बताए ।
जिल्ला प्रशासन र प्रहरीले मालढुङ्गामा पनि केही सचेतना अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए । “विशेषगरी भारत र अन्य देशबाट आएका नागरिक छन् भने सोझै उनीहरुको वडा अध्यक्षमार्फत सम्पर्क गराएर केही दिन होम क्वारेन्टिन बस्न लगाएका छौं”, ढकालले भने, “हेल्प डेक्स र होल्डिङ सेन्टर बनाउने विषयमा पनि छलफल भएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार