विकास बैंकको गरे पाँच महिनामा २ अर्ब ५४ करोड मुनाफा, मुक्तिनाथको अग्रता
नेपालबहस संवाददाता
माघ ४, २०७८ मंगलबार २२:२२:४८
४ माघ, काठमाडौं । १७ विकास बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा २ अर्ब ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन्।
मंसिर मसान्तसम्ममा १७ विकास बैंकले २ अर्ब ५४ करोड रुपैयाँ मुनाफा गर्न सफल भएका हुन् । पछिल्लो एक महिनाको अन्तरालमा विकास बैंकहरुको नाफा १७।७६ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको मंसिरसम्म विकास बैंकहरुले २ अर्ब १८ करोड रुपैयाँ मुनाफा गरेका थिय । चालु आर्थिक वर्षको मंसिरसम्ममा विकास बैंकहरुको औसत नाफा १४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा विकास बैंकमध्ये सर्वाधिक मुनाफा कमाउने मुक्तिनाथ विकास बैंक बनेको छ। मुक्तिनाथले ४६ करोड मुनाफा कमाएको छ। कात्तिकको तुलनामा १७.५२ प्रतिशतले नाफा बढेको हो।
त्यस्तै, गरिमा विकास बैंकले ३४ करोड, ज्योति विकास बैंकले ३३ करोड ९४ लाख, महालक्ष्मी विकासले ३१ करोड ६६ लाख रुपैयाँ, कामना सेवाले ३० करोड ४२ लाख, शाइन रेसुंगाले २७ करोड ६६ लाख रुपैयाँ र लुम्बिनी विकासले २४ करोड ८० लाख रुपैंया मुनाफा कमाएका हुन्।
केन्द्रिय बैंकको तथ्यांकलाई आधार मान्दा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नाफा कमाएका अधिकांश विकास बैंकमध्ये उल्लेखित यी ७ बैंकहरुको नाफा औसतभन्दा धेरै हो।
ग्रीन डेभलपमेन्ट बैंकले ८८ लाख रुपैयाँ मुनाफा कमाएको हो। कात्तिकको तुलनामा बैंकको नाफा भने करिब ३० प्रतिशतले बढेको छ। यस अवधिमा पाँच विकास बैंक भने अझै घाटामा नै रहेका छन्।
सर्वाधिक घाटामा सप्तकोशी डेभलपमेन्ट बैंक छ। सो बैंक १० करोड अधिक घाटामा छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ४४ लाख, साल्पा १९ लाख, सिन्धु ९ लाख र कर्पोरेट ५ लाख रुपैयाँ नोक्सानीमा छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार