स्याङ्जा कांग्रेस प्रबक्ताको जिम्मेवारी लम्साललाई
नेपालबहस संवाददाता
माघ ४, २०७८ बुधबार ०:८:३२
♦ प्रकाश डोटेल
४ माघ, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाको प्रबक्ताको जिम्मेवारी भरतप्रसाद लम्सालले पाएका छन् । स्याङ्जा कांग्रेसका सभापति तथा संविधानसभा सदस्य राजु थापाले लम्साललाई जिम्मेवारीको पत्र थमाउँदै प्रबक्ताको जिम्मेवारी दिएका हुन् ।
नेपाली कांग्रेसको विधान–२०१७, (नवौं संशोधन–२०७५)को दफा १२ को उपदफा ५ ख (२) र उपदफा ७ (ङ्) द्धारा प्राप्त अधिकार प्रयोग गरी सभापति थापाले महाधिबेशन प्रतिनिधि लम्साललाई जिल्ला सदस्यमा मनोनित गर्दै प्रबक्ताको जिम्मेवारी दिएका छन् ।
राजनीतिक शास्त्र र अर्थशास्त्रमा एम.ए. गरेका लम्साल स्याङ्जा कांग्रेसमा बौद्धिक नेताका रुपमा लिईन्छ । २०३६ सालबाट बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा थालेका लम्साल नेपाल शिक्षक संघको केन्द्रिय उपाध्यक्ष छन् । जिल्ला सदरमुकाम निवासी लम्साल जिल्लास्थित विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् ।
१४ औं महाधिबेशन अन्र्तगत स्याङ्जा जिल्लाको सभापतिमा निर्वाचित संविधान सभाका सदस्य समेत रहेका राजु थापाले औपचारिक रुपमा पार्टीको आन्तरिक कामलाई तिव्रता दिएका छन् । चुनावी प्रक्रियामा देखिएका चुनौतीहरुलाई अन्त्य गर्नका लागि सक्दो प्रयास गर्ने पनि सभापति थापाले बताएका छन् ।
पार्टीको पहिलो बैठकबाट नै संगठन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने प्रयास भएको स्याङ्जा कांग्रेसका जिल्ला सदस्य घनश्याम रिजालले बताए । संगठनलाई तिव्रता दिनका पहिलो चरणमा जिल्लाका ११ वटै पालिकामा प्रशिक्षण कार्यक्रम राख्ने तयारी गरिएको रिजालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार