कर्मचारी र जनप्रतिनिधिलाई कोरोना पुष्टि, गाउँपालिकाको सेवा बन्द
नेपालबहस संवाददाता
माघ ४, २०७८ बुधबार २:३७:४९
४ माघ, तनहुँ । कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाको आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट प्रवाह गर्ने सेवा बन्द भएको छ । बुधबारदेखि ९ माघसम्म कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए ।
गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधिमा गरेर १३ जनालाई मंगलबार कोरोना पुष्टि भएको उनले बताए । उनका अनुसार गाउँपालिकाका ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये १३ कर्मचारीसहित १५ जनालाई पुष्टि भएको छ ।
‘एन्टिजेन गर्दा पोजेटिभ देखिए पनि लक्षण देखा परेका छैन । कार्यालयका कर्मचारीलाई नै कोरोना भएपछि समुदायमा फैलने खतरा भएकाले भिडभाड नहोस् भनेर पाँच दिन गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेका छौुं, उनले भने । अत्यावश्यक सेवा भने बन्द नहुने गाउँपालिका अध्यक्ष थापाले बताए । वडा कार्यालयबाट प्रवाह हुने सेवा नियमित हुने उनले जानकारी दिए ।
आँबुखैरेनी कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । स्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित रहन गाउँपालिकाले अनुरोधसमेत गरेको छ ।
शुक्लागण्डकीका ११ कर्मचारीलाई कोरोना
शुक्लागण्डकी नगरपालिकाका कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार ४६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ११ जनालाई कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । ‘केहीलाई रुघाखोकी र ज्वरो आउने लक्षण देखिएको थियो । एन्टिजेन गर्दा ११ जनालाई संक्रमण पुष्टि भएको छ’, उनले भने । कर्मचारी बाहेक थप दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।
कर्मचारीलाई कोरोना देखिए पनि कार्यालयको सेवा भने बन्द गरिएको छैन । बुधबार बैठक बसेर कार्यालयको सेवा बन्द गर्ने नगर्नेबारे निर्णय गरिने प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । पछिल्लो समय कोरोना संक्रमण निकै तीव्र गतिमा फैलिएकाले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न उनको अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार