अब ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
नेपालबहस संवाददाता
माघ ४, २०७८ बुधबार २:४३:२
४ माघ, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँ सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ । मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर आज प्रशासनले सूचना जारी गरेको हो ।
प्रजिअ घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य तथा सवारी साधनको ढोका र भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
यसैगरी चालक तथा सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र यातायातमा कुनै यात्रुले मास्क नलगाइ आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन पाउने आदेश प्रशासनले जारी गरेको छ ।
विद्यालय, विश्वद्यालय तथा कलेज एवं ट्युसन सेन्टरआदि शैक्षिक क्रियाकलाप सञ्चालन नगर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाइ सञ्चालन गर्नसमेत सबैमा स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार