सङ्क्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार १३:२७:३५
६ माघ, कास्की । स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ ।
गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई नेलम्बोले चार जना स्वास्थ्यकर्मी उपलब्ध गराएको हो । सो अस्पतालमा हाल कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।
जनशक्ति उपलब्ध गराउने सम्बन्धमा बुधबार नेलम्बोका अध्यक्ष एकदेव देवकोटा र अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनबीच सम्झौता सम्पन्न भएको छ । नयाँ भेरियन्टसहितको तेस्रो लहरले अधिकतम मानिसका साथै स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएकाले स्टाफ नर्स र रेडियो ग्राफर एक÷एक जना तथा दुई जना ल्याब टेक्निसियन अस्पताललाई उपलब्ध गराइएको नेलम्बोका अध्यक्ष देवकोटाले बताए । उनका अनुसार छ महिनाका लागि अस्पताललाई उपलब्ध गराइने जनशक्ति भर्ना गरिएको छ ।
उनले भने, “कोरोनासँग जुध्नका लागि हामीले अस्पताललाई उपलब्ध गराउने जनशक्ति आफैँले भर्ना गरेका छौँ, उनीहरुलाई अस्पतालमा सेवाका लागि पठाउने छौँ ।” छ महिनाका लागि अस्पतालमा स्वास्थ्यकर्मी उपलब्ध गराएबापत रु सात लाख खर्च हुने बताइन्छ । अध्यक्ष देवकोटाले आगामी दिनमा पनि नेलम्बोले कोभिड–१९ आइसोलेसन वार्ड स्थापना गरेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षाका सामग्री आवश्यकता र संस्थाको क्षमताअनुसार प्रदान गरिने जानकारी दिए ।
यसैगरी अस्पताललाई सो संस्थाले डिस्पोजिवल मास्क ५०० थान, केएन ९५ मास्क ५०० थान, स्यानिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० थान, डिस्पोजिवल पञ्जा १० प्याकेट, पीपीई १० थान, स्प्रे बोतल १० थान, ब्याट्री १० जोर, कोभिड–१९ सचेतना ब्यानर दुई थान सहयोगसमेत गरिएको नेलम्बोका अप्रेसन कोअर्डिनेटर विदित शाहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार