सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा ५८ दशमलव ८९ प्रतिशतले बढ्यो, ईपीएस कति ?
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार १५:३५:५८
६ माघ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको मुनाफा उल्लेख्य बढेको छ।
दोस्रो त्रैमाससम्ममा बैंकले २६ करोड १८ लाख रुपैयाँ मुनाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.८७ प्रतिशत बढी हो।
बैंकको ब्याज आम्दानी ४६.८१ प्रतिशतले बढेर ७९ करोड पुगेको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १६.१८ प्रतिशत र सञ्चालन मुनाफा ६८.१६ प्रतिशत बढेको छर समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेसँगै इम्पेरमेन्ट चार्ज ७४.७८ प्रतिशत घटेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ।
मुनाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४ पैसाबाट बढेर १७ रुपैयाँ ३९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर ३ अर्ब १ करोड पुगेको छ । जगेडा कोष ४.४१ प्रतिशत घटेर ७२ करोड पुगेको छ। सो अवधिमा बैंकको निक्षेप ९.८८ प्रतिशतले बढेर ४५ अर्ब र कर्जा २२.४४ प्रतिशत बढेर ४० अर्ब पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार