विभिन्न जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार २३:१३:३८
६ माघ, काठमाडौं । सुर्खेत, भेरीगंगा नगरपालिका-१० टोली खोलाबाट करिब ५ ग्राम ५४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भेरीगंगा नगरपालिका-९ बस्ने ३८ वर्षीय टेक बहादुर देवकोटा र सोही ठाउँ बस्ने २४ वर्षीय जनक विष्ट रहेका छन् । नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ ख ६२०५ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-१ चियाबगानबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल लुपिजेसिक, ४३ एम्पुल डाइजेपाम र ४२ एम्पुल फेनारगन सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट १ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ८४ हजार रुपैयाँसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय दोर्ण बहादुर रावल, सोही उपमहानगरपालिका-२ बस्ने २९ वर्षीय टेक बिष्ट र सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय मनिष भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित रावलले संचालन गरेको ग्लोबल मोवाईल ग्यालरीभित्र उक्त लागूऔषध कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरुले प्रयोग गरेको भे.११ प ७५७६ र से.७ प ७२०६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार