हिमपातले हुम्लामा हवाई सेवा प्रभावित
नेपालबहस संवाददाता
माघ ६, २०७८ शुक्रबार ०:४१:१७
६ माघ, सिमकोट । उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएकोे छ ।
बिहिबार बिहानदेखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् ।
हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराइको क्षेत्रमा बाक्लो हुस्सु तुवालोसहित कुइरो लागेपछि उडान हुन् नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्लामा बिहान ६ बजेदेखि हिमपात भएको थियो भने त्यसपछि अहिले बाक्लो कुइरो लागेकाले हुम्लामा उडान भर्दै आएको हवाई यातायातको सेवा प्रभावित भएको हो ।
हुम्लामा लागि सीता, समिट र तारा एयरले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुसमेत उतै रोकिएका हुन् । प्रतिकूल मौसमका कारण जिल्लामा बिहीबार खाद्यान्न सामग्री, दैनिक उपभोग्य तरकारीलगायत निर्माण व्यवसायीको ढुवानी हुन नसकेको हो ।
सीता एयरले नेपालगञ्ज र सुर्खेतदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको थियो भने अन्य समिट र तारा एयरले यात्रु तथा अन्य कार्गोको सामग्री ढुवानी गर्दै आएका थिए । हिमपातले आज हवाई सेवा ठप्प भएको हो ।
हिमपातले उत्तरी क्षेत्रको जनजीवन कष्टकर
बिहीबार बिहानदेखि हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । नाम्खा गाउँपालिकाको लिमी, हल्जी, जाङ्, यारी, चाला र हिल्सालगायत उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
हिमपातले यहाँका नागरिकलाई चिसो घरबाहिर निस्कन थप कठिनाइ बनाएको लिमीका स्थानीय पेमा लामाले बताए । हिमपातसँगै चिसो अत्यधिक भएको लामाले बताए । गाउँमा वृद्धवृद्धासहित बालबालिकालाई बढी समस्या बनाएको हो । हिमपातले सदरमुकाम सिमकोटमा चिसो अत्याधिक बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार