नयाँ संक्रमित थपिएसँगै ‘हटस्पट’ बन्यो काठमाडौं
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार १३:४०:३०
७ माघ, काठमाडाैं । एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये ५४ प्रतिशत बढी काठमाडौं उपत्यकामा देखिएको छ ।
नेपालमा देशभर बिहीबारसम्म ५७ हजार ३ सय २८ जना संक्रमितमध्ये उपत्यकामा मात्रै ३७ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ६ हजार ९ सय ८१ संक्रमित थपिएका थिए ।
गत २ माघमा देशभर कोरोना संक्रमितमध्ये उपत्यकामा ६७.४३ प्रतिशत नयाँ संक्रमित थपिएका थिए । त्यसपछिका दिनको तथ्यांक हेर्दा दैनिक जसो ५० प्रतिशतभन्दा बढी संक्रमित थपिएको देखिन्छ । ३ माघमा ५८.४९ प्रतिशत, ४ माघमा ५४.०९ प्रतिशत, ५ माघमा ५५.१७ प्रतिशत र ६ माघमा ५६.५९ प्रतिशत कोरोना संक्रमित थपिएका छन् ।
कुल सक्रिय संक्रमितमध्ये एक तिहाइ उपत्यकामा
यस्तै, बिहीबार ६ सय ४९ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १८ हजार ८ सय ९ पुगेको छ । त्यस्तै, बिहीबार एकै दिन ४ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ पुगेको छ । राजधानी दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार