आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य, नागरिक चेपुवामा
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार १६:३:४३
७ माघ, काठमाडौं । सरकारले आजदेखि सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।
आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या पछिल्लो समय बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन जसका कारण जोखिम त्यस्तै छ । कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको करिब १ वर्ष पुग्न लाग्दासम्म पनि कुल जनसंख्याको ३७ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप पाएका छन् ।
सञ्चालित खोप अभियान प्रभावकारी बनाउन र नागरिकको घरदैलोमा सरकार पुग्न सकेको छैन । तर सार्वजनिक सेवा लिन खोप लगाएको कार्ड अनिवार्य सरकारले गरेकाे छ । यसले नागरिक चेपुवामा परेका छन् । खोप केन्द्र नथपिँदा केन्द्र नै संक्रमणस्थल जस्तो बन्न थालेकाले टोलटोलमा खोप पुर्याउनुपर्ने विज्ञहरुको बताउदै आएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले कुल जनसङ्ख्याको ५३ प्रतिशतले एक मात्रा र ४१ दशमलव ४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्यामध्ये ८० दशमलव ९ प्रतिशतले एक मात्रा र ६३ दशमलव १ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
स्थानीय तहको सक्रियता अभावले एकातिर चाहेर पनि नागरिकले खोप लगाउन पाएका छैनन । अर्को तिर खोप लगाएको कार्ड विना सार्वजनिक सेवा लिन नपाउने व्यवस्थाले दोहोरो मारमा पार्ने प्रष्ट छ ।
पहुँचका आधारमा भित्रभित्रै बुस्टर डोज खोपलाई समेत पहिलो मात्रा भन्दै लगाएकाले पनि एकमात्रा लगाउनेको संख्या बढेको छ । एकतिर खोप थन्किएर विग्रने जोखिम हुनु र अर्कातिर खोप लगाउन नपाएर बढेको जोखिमतर्फ सरकारले थप सक्रियता देखाउन आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार