ज्योति विकास बैंकले गर्यो ३४ करोड ४० लाख मुनाफा, वितरण योग्य मुनाफा कति ?
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार २१:२१:३२
७ माघ, काठमाडौं । ज्योति विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा मुनाफा १२ प्रतिशतले बढेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा ३४ करोड ४० लाखभन्दा मुनाफा गरेको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १२ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू। ३० करोड ५५ लाख ९९ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू। ९१ करोड ८४ लाख ९८ हजार खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ४१ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा ६४ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको थियो । चुक्तापूँजी ४ अर्ब २६ करोड ७७ लाख रहेको कम्पनीले जगेडामा ९८ करोड ११ लाख ६७ हजार र रिटेन्ड अर्निङमा १० करोड ५ लाख सञ्चित गरेको हो ।
त्यसैगरी, चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा १० करोड ५ लाखभन्दा बढी रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव १२, मूल्य आम्दानी अनुपात २८ दशमलव ९१ गुणा, तरलता अनुपात २१ दशमलव १६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२५ दशमलव ३५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार