वैवाहिक जीवन कसरी खुशी राख्ने ? यस्ता छन्, उपाय
नेपालबहस संवाददाता
माघ ७, २०७८ शनिबार २:२०:५५
७ माघ, काठमाडौं । यदि तपाई केही समयभित्रै विवाह गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने विवाहपछिको जीवन कसरी रोचक बनाउने भन्ने सोचमा हुनुहुन्छ ? तेसो त विवाहले दुई परिवारलाई एक बनाउँछ । दुई व्यक्ति जीवनभर सँगै एकसाथ बस्ने वाचा गर्छन् । यो सम्बन्ध जीवनभरको बन्धनका रुपमा पनि लिने गरिन्छ ।
वैवाहिक जीवनलाई सुखमय बनाउने चाहना कसको हुँदैन र ? तर विवाहित जीवनमा खुशी चाहनुहुन्छ भने ध्यान राख्नुहोस् कि शयनकक्ष कस्तो बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ । विवाहपछिको सम्बन्ध राम्रो कसरी बनाउने भन्ने कुरामा पर्छ सुत्ने कोठा, जो घरको सबैभन्दा महत्वपूर्ण अंश हो ।
रोमान्स र गोपनीयता कायम राख्नको लागि ध्यान दिनुहोस् कि शयनकक्षको झ्याल अर्को कोठासँग नजिक नहाेस । मनी प्लान्टहरू आपसी प्रेम र शयनकक्षको सौन्दर्यको लागि पनि रोपिएका हुन्छन् । मनी प्लान्ट रोपेपछि पतिपत्नीबीचको सम्बन्ध मीठो हुन्छ भन्ने मान्यता वास्तु शास्त्रमा पाइन्छ । शयनकक्षमा हल्का गुलाबी रंगको किरण पर्दा दम्पतीहरूमा प्रेमभाव जाग्छ भन्ने मान्यता छ ।
यस्ताे चिज राख्दा पनि वैवाहिक जीवन थप राम्राे हुन्छ । यस्तै एउटा खुशी र सन्तोषजनक दाम्पत्य जीवनको लागि राम्रो व्यबहार र असल सोच हुनु जुरुरी छ । कतिपयले विवाह गर्नु हुदैन, बिहे भन्ने बित्तिकै खुशीको अन्त्य र चुनौतीको सुरुवात भन्ने गर्छन् तर बिहे भनेको सबै कुराको अन्त्य होइन ।
यस्तो दृष्टिकोणको परिवर्तन आवश्यक छ । विवाहपछि एउटा नया सम्बन्धको सुरुवात गर्नु पर्छ । विवाह भैसकेपछि रोमान्स सकियो भन्ने सोच्नु गलत हो । त्यही माया र विश्वास बनाई राख्नको लागि एक-अर्काको साथ र दुबैजनाको बीचको साझेदारी हुनुपर्छ । श्रीमान श्रीमतीबीचको आकर्षण र सम्बन्धलाई लामो सम्म निरन्तरता दिनको लागि स्पेस चाहिन्छ । तर त्यो स्पेसको लिमिट कति भन्ने चै दुवै जान मिलेर तय गर्नुपर्छ ।
विवाह भनेको मान्छेको जीवनको एउटा पाटो हो यो जीवनसाथी रोज्ने र आफ्नो बनाउने एउटा सामाजिक प्रक्रिया हो । तर हाम्रो समाजमा यसलाई एउटा लाइसन्स अथवा अनुमतिको रुपमा लिईन्छ । यसकै फलस्वरूप हाम्रो समाजमा हत्या, हिंसा र कुटपिट हुने गरेको छ ।
नेपालको अवस्था हेर्दा पनि यही देखिन्छ, हरेक दिन श्रीमान् अथवा श्रीमतीको हत्या अनि घरेलु हिंसाको घटनाहरु भैरहेको देखिएको छ । आफ्नो पार्टनरलाई जे गर्दा पनि हुन्छ र जस्तो व्यबहार गर्दा पनि हन्छ भन्ने मानसिकता अझैँ पनि छ । आफ्नो साथिको सम्मान गर्ने र समान व्यबहार गर्नाले वैबाहिक जीवन सफल हुन्छ । यदि जिम्मेवारी र कर्तब्यलाई सझा बनाउदै लैजाने हो भने सम्बन्ध सुमधुर हुदै जान्छ ।
वैवाहिक जिवनपछि के गर्नुहुन्न ?
– बेडरूममा ऐना नराख्नुहोस्।
– टुक्रिएको गिलास कोठामा नराख्नुहोस् ।
– बेडरूम उत्तर दिशामा हुनुहुन्न ।
– ओछ्यान ढोका अगाडि हुनुहुँदैन । यदि छ भने उत्तर÷पश्चिम कुनामा पिरामिड मुनि कोरल स्टोन राख्नुहोस् ।
–बेडरूमको ढोका खोल्दा वा बन्द गर्दा कुनै प्रकारको आवाज आउनु हुँदैन ।
– कैंची वा आइरन जस्ता कुरालाई ओछ्यानबाट टाढा राख्नुहोस् । शयनकक्षमा पानीको तस्वीरवाला पेन्टिङ नराख्नुहोस् ।
– खराब एयर कन्डिसनर वा फ्यान जस्ता सामग्रीहरु जसबाट आवाज आउँछ, यसलाई तुरुन्तै अन्यत्र सार्नुहोस् । यस कारणले दम्पतीको सम्बन्धमा समस्या आउन सक्छ ।
– सुगन्धित मैनबत्तीहरू राख्नुहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार