ज्यानमारा भाइरसबाट बिपीमा तीनको मृत्यु
नेपालबहस संवाददाता
माघ ७, २०७८ शनिबार ३:३०:३३
७ माघ, धरान । यहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ । गत माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
फोक्सोमा समस्या भएर उनलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । बुधबार नै उनमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए । यस्तै सिरहा नगरपालिका–१ का ८० वर्षीय पुरुषको पनि शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
आन्द्रामा समस्या भएका उनको पुस २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा सोही दिन भर्ना हुनुभएका ८० वर्षीय वृद्धको उपचारको क्रममा बिहीबार ११ः३५ बजे मृत्यु भएको हो ।
यस्तै महोतरीका श्रीपुर–३ का ३० वर्षीय युवकको बिहीबार राति ११ बजे उपचारको क्रममा मृत्यु भएको छ । माघ ५ गते पतिष्ठानमा भर्ना भएका ती युवकको सोही दिन कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरूको दाहसंकारका लागि शव व्यवस्थापनको काम भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार