कस्मेटिक पसल छोडेर जुनलाली कुखुरा व्यवसायमा
नेपालबहस संवाददाता
माघ ९, २०७८ आइतबार १३:४४:४२
♦ खड्क सुनार
९ माघ, मुगु । मुगु छाँयानाथ रारा नगरपालिका–२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् । सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यावसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन् ।
कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन् । अहिलेको उनको दिनचर्या भनेको बिहान उठेदेखि राति अबेरसम्म ट्रकी, हाँस र कुखुराको रेखदेखमा समय बित्ने गरेको छ ।
छाँयानाथ रारा नगरपालिका–७ टोप्ला रारा जाने मुल गेटमा रारा आउनेजाने पाहुनालाई लक्षित गरी व्यववसाय सञ्चालन गरेको जुनलाली बताउँछिन् । मनिषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, दुई छोराको अध्ययन खर्च जुटाउन समस्या नभएको बताएकी उनको फ्रेस हाउस सञ्चालन गर्न करिब १५ लाखभन्दा बढी रकम पूर्वाधारदेखि अन्य कच्चा पदार्थमा लगानी छ ।
हाल फ्रेस हाउसमा ३००भन्दा बढी लोकल कुखुरा, ३० बटा हाँस, र ५० वटा ट्रकी छन् । पशुपन्छी तथा पशु कार्यालय मुगुबाट ट्रकी व्यवसायको लागि पाँच लाखको सहयोग गरिएको छ ।
मुगुमा टर्की हाँस, कालिजको व्यवसायको रुपमा फस्टाउँदै गइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार