कोरोना संक्रमित प्रचण्ड पत्नी सीताको तीन दिनदेखि अस्पतालमा उपचार हुँदै
नेपालबहस संवाददाता
माघ ९, २०७८ आइतबार १८:७:५६
९ माघ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत छिन् ।
कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने गंगाको भनाइ छ ।
केही समयअघि मात्र प्रचण्डलाई कोरोना संक्रमण भएको थियो । उनलाई नेगेटिभ आएलगत्तै सीतालाई पोजेटिभ देखिएको हो ।
सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्यलाभ गरिरहेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार