एनआईसी एशियाको मोबाइल बैंकिङ एप, वेवसाइट, आईसर्भ र इन्टरनेट बैंकिङ एनसेलमा निःशुल्क चलाउन मिल्ने
आर्थिक संवाददाता
माघ १६, २०७८ आइतबार २०:२३:५१
११ माघ, काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (NIC ASIA MoBank) एप, बैंकको आधिकारिक वेवसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ । डिजिटल बैंकिङकाे विकास र विस्तार गर्नका लागि बैंकले ग्राहकहरुले माथिका सुविधा चलाउन कुनै पनि मोबाइल डाटाको शुल्क तिर्नु नपर्ने भएको छ ।
यस सुविधामार्फत एनसेलका ग्राहकहरुले डाटा प्रयोग गरी यस बैंकका डिजिटल सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने छन् । बैंकको ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्दै आएको छ।
एनसेलका ग्राहकहरुले डाटा प्रयोग गरी के के सेवा निःशुल्क प्रयोग गर्न पाउँछन ?
NIC ASIA MoBank एप अन्तर्गत अन्तरबैंक रकम स्थानान्तरण, खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, QR भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्ने छन् ।
साथै, NIC ASIA MoBank मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन दिन पनि सकिने छ । प्रयोगकर्ताले कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal) को प्रयोग गर्न सकिने छ र एपमा रहेको ‘Customer Care’ बाट ग्राहकहरूले आफ्ना समस्या यथाशिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सकिने छ।
त्यस्तै आईसर्भ प्लेटफर्म अन्तर्गत ग्राहकहरुले iServe मार्फत मोबाइल बैंकिङको नयाँ आवेदन दिन सक्छन भने मोबाइल बैंकिङलाई अनब्लक, ब्लक गर्ने तथा आफ्नो मोबाइल बैंकिङको पिन-पासवर्ड रिसेट गर्न सक्छन । त्यस्तै आफ्नो खाताको ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment को सुविधा लिन सक्नेछन् । यति मात्र नभएर नगद तथा चेक डिपोजिट भौचर भर्ने, ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन / Insta Buy को लागि पनि ग्राहकहरुले आईसर्भ प्लेटफर्म मार्फत लाभ लिन सक्ने छन्।
त्यस्तै बैंकको वेवासाइट बाट बैंकबारे अधिकतम जानकारीको साथै अनलाइन खाता आवेदन, अनलाइन IPO आवेदन, Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिने छ।
बैंकको इन्टरनेट बैंकिङ्गमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिने छ । यति धेरै सेवा सुविधा चलाउन ग्राहकले आफ्नो मोबाईलको एक रुपैयाँ डाटापनि खर्च गर्नु पर्ने छैन। बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त हुँदै जाने विस्लेषण गर्न सकिन्छ।♦एडभोटोरियल
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार