‘जी ले जरा’बाट अलग्गिइन् प्रियंका चोपडा
नेपालबहस संवाददाता
माघ ११, २०७८ मंगलबार १८:३२:१५
११ माघ, एजेन्सी । बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् ।
प्रियंका र निकका फ्यानहरु सामाजिक सञ्जालमार्फत उनीहरुलाई बधाई दिइरहेका छन् । धेरैले प्रियंका आमा बनेपछि उनको करियरमा केही असर पर्छ भन्ने अनुमान लगाएका थिए ।
यो अनुमान केही हदसम्म सही साबित भएको छ । प्रियंकाले निर्माता फरहान अख्तर र रितेश सिधवानीलाई उनीहरुको फिल्म ‘जी ले जरा’मा आफ्नो सट्टा अरु कोही अभिनेत्रीलाई अनुबन्धित गर्न आग्रह गरेकी छन् । करिब सय करोडभन्दा बढी बजेटको यो फिल्मबाट प्रियंका अलग्गिने निर्णय लिइसकेकी छन् ।
यो फिल्मका लागि निर्माण पक्षले कटरिना कैफ र आलिया भट्टसँगै प्रियंकालाई पनि अनुबन्धित गरेका थिए । फिल्म सडक यात्राको कथामा आधारित छ । प्रियंकाले आमा बनेपछि सम्पूर्ण समय र शक्ति बच्चाका लागि छुट्याउने निर्णय लिएकी छन् ।
सन्तानका कारण प्रियंकाले फिल्मबाट हात झिकेपछि अहिले निर्माताहरु को अभिनेत्री लिने भन्ने तनावमा छन् । प्रियंका पछिल्लोपटक फरहानकै फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार