‘बिस्ट’मा थलापति विजयको पारिश्रमिक सय करोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
माघ ११, २०७८ मंगलबार १९:४२:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/Bijaya-thalapati_VVppW9Edyk.jpg)
११ माघ, काठमाडौं । दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो ।
‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो ।
सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो । फिल्मको निर्देशन नेल्सन दिलीपकुमारले गरिरहेका छन् । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । एक्सन थ्रिलरको यो फिल्म यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदैछ । थलापतिले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिएका थिए ।
यद्यपि ‘बीस्ट’का निर्माताले थलापतिको पारिश्रमिक विषयमा पुष्टि गरेका त छैनन् । तर अभिनेताले भने एक पत्रिकासँगको कुराकानीमा आफूले सय करोड पारिश्रमिक लिएको खुलाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार