भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको अवस्था यथावत
नेपालबहस संवाददाता
माघ ११, २०७८ मंगलबार १९:२६:१४
११ माघ, काठमाडाैं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् १९९५ देखि यता हरेक वर्ष भ्रष्टाचार तथा सुशासनका अवस्था अध्ययन गरेर मुलुकहरुको सूची इन्डेक्ससहित सार्वजनिक गर्दै आएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले आज ‘मंगलबार’ जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक ‘सीपीआई‘ मा नेपालको अवस्था यथावत रहेकाे देखिएकाे छ झने, नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार देखिएको छैन ।
गत वर्षको जस्तै नेपाल सुशासनमा ११७औं स्थानमा देखिएको छ । सार्वजनिक अवधारणाको रिपोर्टअनुसार नेपाल बढी भ्रष्टाचार हुने देशहरुमध्येमा ३३ अंक पाएर ११७ औं स्थानमा परेको छ ।
१८० देशको अवस्था अध्ययन गरिएको थियो । नेपाल गत वर्ष पनि ३३ अंक पाएर र ११७ औं स्थानमा नै रहेको थियो, यो वर्ष पनि सुधार नदेखिएको हो ।
नेपालको स्थान यथावत रहनुले भ्रष्टाचार नियन्त्रणमा खासै केही प्रगति हुन नसकेको बुझिएको छ । ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार दक्षिण सुडान कुल १०० मा ११ अंक लिएर सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको स्थानमा परेको छ । यसैगरी डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् । नेपाल १०० अंकमा ३३ अंक लिएर मध्यम भ्रष्टाचार हुने मुलुकको सूचिमा रहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार