भेरीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
नेपालबहस संवाददाता
माघ ११, २०७८ मंगलबार २१:३४:४५
११ माघ, राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीलै जानकारी दिए ।
उनका अनुसार यही माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको सङ्ख्या ३४६ पुगेको छ ।
सेवा बन्द
कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ । नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार, कार्यालयमा ३५ जना कर्मचारी छन् । तीमध्ये केहीमा संक्रमण पुष्टि भएको छ । पन्ध्र कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाडसमेत भई कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलिन सक्ने जोखिम भई सेवा प्रवाहमा कठिनाई भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको उनको भनाइ छ ।
जिप्रकाबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङघ संस्था दर्ता–नवीकरण हातहतियार नवीकरणलगायतका सेवा हाललाई स्थगित गरिएको प्रजिअ खत्रीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार