म्याग्दीका ४६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
नेपालबहस संवाददाता
माघ ११, २०७८ बुधबार २:४१:१३
११ माघ, बेनी । म्याग्दीमा चिकित्सकसहित ४६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बेनी अस्पतालका ४१ स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण भएको छ । चार जना आज आइसोलेसन मुक्त भएका छन् । अस्पतालमा कार्यरत सात चिकित्सकमध्ये चारजनामा कोरोना संक्रमण भएको छ । बेनी अस्पतालमा अहिले ३७ जना सक्रिय कोरोना संक्रमित रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण भएपछि बेनी अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ । सेवा लिन आउने सर्वसाधारणमा अस्पतालबाटै कोरोना संक्रमण फैलनसक्ने भएपछि गत आइतबारदेखि एक साताका लागि ओपिडी सेवा बन्द गरी आकस्मिक सेवाबाट मात्रै उपचार सेवा दिइएको कटुवालले जानकारी दिए।
अस्पतालको ओपिडी सेवा बन्द भएपछि आकस्मिक कक्षको सेवासँगै फिवर क्लिनिकसमेत सञ्चालन गरेर उपचार जाँच र उपचार गर्ने प्रबन्ध मिलाइएको छ । आगामी शुक्रबारसम्मको अवस्थालाई दृष्टिगत गरी ओपिडी सेवाको निर्णयमा पुग्ने अस्पतालले जनाएको छ ।
बेनी अस्पतालमा म्याग्दीको साथै पर्वतको जलजला गाउँपालिकाबाट समेत सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । बेनी अस्पतालमा अहिले १२५ जना कार्यरत रहेका छन् । आजसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २३५ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार