सरकारी गाडीमा तोडफोड गर्ने जनमत पार्टीका सात कार्यकर्ता पक्राउ
नेपालबहस संवाददाता
माघ १२, २०७८ बिहिबार १:१२:५९
१२ माघ, जनकपुरधाम । राष्ट्रिय सभा चुनाव बिथोल्ने तथा सरकारी गाडीमा तोडफोड गर्ने जनमत पार्टीका सात जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरमा भएको राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुन आउने प्रदेश सांसद तथा पालिका प्रमुखको गाडी तोडफोडमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम अहिलेसम्म खुलेको छैन ।
जनकपुरधामको पिडारी चोकमा जनमतका कार्यकर्ताले लाठी र ढुङ्गामुढा प्रहार गर्दा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य अशोक यादव सवार गाडी क्षतिग्रस्त बनेको छ । त्यसैगरि, सर्लाही हरिवनका मेयर गणेश प्रसाईं चढेको प्रदेश २–०३–०१ झ ००२० मा तोडफोड गरिएको छ ।
त्यसैगरि प्रदेश २-०१ झ ००८० र ना १ झ १६७४ नम्बरको गाडीसहित सात वटा गाडीमा उनीहरूले तोडफोड गरेर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
जनमतका कार्यकर्ताले चिकित्सकमाथि समेत आक्रमण गरेका छन् । बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सतीश साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका थिए । उनको मुखमा ८ वटा टाका लागेको छ । पक्राउ परेकामाथि मुद्दा चलाउने तयारी भइरहेको रजौरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार