चीनका राष्ट्रपति सी जिनपिङ्ग र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुलापत्र !
नेपालबहस संवाददाता
माघ १३, २०७८ बिहिबार १८:४२:३७
♦सुरेशकुमार पोखरेल
‘दक्षिण-पुर्वी एशिया’ का देशहरू पछि पर्नुको कारण भारत, चीन र पाकिस्तान बीचको ‘कटुतापुर्ण’ अन्तरसम्बन्ध हो । यी देशहरुको कटुतापुर्ण सम्बन्धकै कारण यो क्षेत्रले अशान्ति, गरिवी र दरिद्रता ब्यहोरिरहेको छ । शक्ति राष्ट्रहरूको चरम प्रभाव-दवाव र चलखेल लामो समयदेखि यो क्षेत्रमा छ । ‘सम्बन्ध’ को यही स्वरूप आपसी बिद्वेषको प्रमुख कारक (Factor) हो । विशेषगरी भारत र चीन बीच आपसी सम्बन्ध कसरी सुमधुर बनाउने भन्दा पनि यो क्षेत्रमा ‘कटुता र बिद्वेष’ बढाउने र जनतालाई दिग्भ्रमित पार्दै राजनीतिक लाभ लिनेमा बढोत्तरी गर्नेतर्फ सबै केन्द्रीत छन् ।
यी ठुला देशहरुको यही दुषित सम्बन्धका कारण दक्षिण-पुर्वी एशिया गरिबी, दरिद्रता र अशान्तिले आक्रान्त मात्र छैन, यो क्षेत्रले पश्चिमी शक्ति राष्ट्रहरूको प्रत्यक्ष र परोक्ष रुपमा चासो र हस्तक्षेप व्यहोरीरहेको छ । जसका कारण यो क्षेत्रले परिवर्तनको बहुआयामिक (Multidimentional) उपलब्धि गुमाएको छ । यही सम्बन्धकै कारण यो क्षेत्रका देशहरूको अन्तरक्रियात्मक सम्बन्धमा ह्रास आएको मात्र नभई एउटासँग नजिकिँदा अर्कोसँग टाढिनुपर्ने परिस्थिति-मनस्थितिले यो क्षेत्रका देश-देशबासीलाई गाँजेको छ ।
विभाजन र बैमनश्यताको मुलकारण भारत-चीन बीचको कटुतापुर्ण सम्बन्ध नै हो । विद्वेषको प्रभाव जनस्तरसम्म पुगेको छ । यसले राष्ट्रिय स्तरमा मात्र नभई विभिन्न आधारमा समुदाय स्तरमा जनतालाई विभाजन गरेको छ । यिनीहरूको ‘सम्बन्ध’ नै यो क्षेत्रको अशान्ति,अस्थिरता, दरिद्रता र पछ्यौटेपनको प्रमुख ‘कारण’ हो ।
भारत-चीन बीचको नकारात्मक सम्बन्धको बहुआयामिक असर (Multidimentional Effect) ती देश र देशवासीमा मात्र नभई छेउछाउका राष्ट्रहरूमा समेत परेको छ । यो क्षेत्रले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसक्नु, गरिबी र दरिद्रताको दुष्चक्रमा हुनुको ‘कारण’ यी देशहरूको आपसी बैमनश्यता र ‘कटुता’ रहेको ‘जगजाहेर’ छ ।
‘भाई फुटे गवार लुटे’ भन्ने हिन्दु उखानको चरितार्थ यिनीहरूको ‘आपसी सम्बन्ध’ भएको छ । यो क्षेत्रमा शान्ति र समृद्धि हरण भएको छ भने त्यसको ‘कारण’ भारत-चीन ‘सम्बन्ध’ नै हो । यी देशहरूको द्विपक्षीय तनावको नकारात्मक असर छिमेकी राष्ट्रहरुमा मात्र नभई ती राष्ट्रहरूको जनस्तरसम्म परेको छ ।
भारत चीन बीच अरुणाञ्चल प्रदेश, लद्धाख आदिमा जुन सीमा विवाद छ, त्यो कृतिम र क्षणभरमै समाधान हुनसक्ने विवाद हो । त्यसलाई यी देशहरूले ‘राष्ट्रियता’ सँग जोडेर ‘भोट’ सँग भजाइरहेका छन् । यी देशहरूको कटुता, बैमनश्यता र संकिर्ण राष्ट्रियस्वार्थका कारण शक्ति राष्ट्रहरूको चलखेल यो क्षेत्रमा बढ्दो छ ।
फुटकै कारण शक्ति राष्ट्रको चासो, सरोकार, हस्तक्षेप यो क्षेत्रका राष्ट्रहरूमा तीब्र रूपमा बढेको र भविश्यमा समेत बढ्दै जाने निश्चित छ । अब पनि यी देशहरूले एकता र भाईचारालाई केन्द्रमा राखेर विवादको तत्काल निरुपण नगरेमा यो क्षेत्रको शान्ति र समृद्धि सदाका लागि गुम्ने र चिरकालसम्म यो क्षेत्र दरिद्रका रूपमा रहने निश्चित छ ।
यी देशहरूको तनावपुर्ण सम्बन्धका कारण यो क्षेत्रका व्यवस्था, सरकार र उनीहरूको शासन व्यवस्था अस्थिर छ । जसले गर्दा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र धार्मिक समेतका क्षेत्रमा उचाईलिन सकेका छैनन । जसको असर ईकाईगत रूपमा तत तत राष्ट्रहरूमा परेको देखिएतापनि ठुलो हिस्सा र क्षेत्र ओगटेको चीन र भारतमा त्यसको अप्रत्यक्ष बहुआयामिक असरलाई कम आँक्न सकिँदैन ।
(लेखक पाेखरेल अधिवक्ता तथा समाजशास्त्री/ मानवशास्त्री हुन्)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार