मितेरी विकास बैंकको मुनाफासँगै घट्यो प्रतिशेयर आम्दानीमा
नेपालबहस संवाददाता
माघ १३, २०७८ बिहिबार १८:१०:५४
१३ माघ, काठमाडौं । मितेरी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणमा बैंकको मुनाफा घटेको छ। पुस मसान्तसम्ममा बैंकले ६ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २.४५ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ करोड ९९ लाख रुपैयाँ मुनाफा गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १९.३८ प्रतिशतले बढेर एक अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १४।७१ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि २.५६ प्रतिशतले घटेको छ। सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ करोड ३६ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा समेत २ करोड ५१ लाख रुपैयाँ रहेको छ।
बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा समेत गिरावट आएको छ। बैंकको प्रतिशेयर आम्दानी २.४५ प्रतिशतले घटेको विवरणमा उल्लेख गरिएको छ। गत आर्थिक वषको पुस मसान्तसम्म १७ रुपैयाँ ५१ पैसा रहेकोे यस्तो आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा घटेर १५ रुपैयाँ ६ पैसामा सीमित भएको छ। चुक्ता पूँजी ९० करोड ३४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३१ करोड १५ लाख रुपैयाँ सञ्चित रहेको छ।
पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.४४ गुणा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार