दुई वर्षदेखि रित्तै छ रातापानीको बिक्री केन्द्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
माघ १४, २०७८ शुक्रबार १७:८:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/mugu_7OWv2Nj_plx8DZW0eG.jpg)
खड्क सुनार
१३ माघ, मुगु । मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ । नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा सिद्धार्थ ढुवानी सेवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि हालसम्म खाद्यान्न नपुर्याउँदा रित्तो अवस्थामा रहेको हो ।
कम्पनीले समयमै खाद्यान्न नपर्याउँदा उपभोक्ताले सास्ती खेप्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार ठेक्का पाएको सिद्धार्थ कन्स्ट्रक्सनलाई पटकपटक चिठी काट्दासमेत अटेर गरेको शाखाका प्रमुख पुष्कर भामले बताए । उनले भने विगत वर्षमा यस्तो अवस्था आएको थिएन ।
अहिले दुई वर्षसम्म खाद्यान्न नपुर्याउने ठेकेदारलाई विभागले कुनै कारबाही गर्न सकेको छैन । गत वर्षको असोजमा सम्झौता भई आर्थिक वर्ष २०७७÷७८ मसान्तसम्म सम्झौता बमोजिम ठेकेदारले ७५० क्विन्टल चामल बिक्री केन्द्रमा पु¥याउनुपर्ने हो । तर, दुई वर्षसम्म नपुर्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
गाउँपालिकासँग समन्वय गरी चामल पुर्याउनुपर्नेमा अहिलेसम्म रोकिएको छ । ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए ।
सिद्धार्थ कम्पनीका प्रोप्राइटर रमेश अनुसार समन्वय अभावका कारण चामल पुर्याउन नसकिएको बताउँछन् । कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न पुर्याउने जिम्मा लिँदै आएको छ ।
खत्याड गाउँपालिकामा रहेको रातापानी बिक्री केन्द्रमा दुई वर्षसम्म नपुग्नुको कारण त्यहाँको स्थानीय सरकार खत्याडले अनुमति नदिनु नै हो । चामल पु¥याइहाले पनि मुचुल्का नगरिदिँदा समस्या हुने गरेको र कच्ची सडकका कारण पुर्याउन नसकिएको बताइएको छ ।
डिपोमा कर्मचारी राख्न माग
डिपो केन्द्रमा कर्मचारी पर्याप्त नहुँदा समस्या भएको दाबी गरे । कर्मचारी नहँुदा एक्लै आफूले ढुवानी गर्न, बिक्री वितरण गर्न सास्ती हुन्छ । चामल पुर्याएपछि त्यहाँका स्थानीयले समन्वय गर्दैनन् । त्यसैले समस्या देखिएको हो उनको भनाइ छ ।
ठेकेदारले खाद्यको चामल नपुर्याएपछि अहिले उक्त बिक्री केन्द्र वरपरका स्थानीयले बजारको महँगो चामल किनेर उपभोग गर्न बाध्य छन् । सोरु गाउँपालिकामा रहेको सोरुकोट डिपो केन्द्रमा १८० क्विन्टल, कालै डिपो केन्द्रमा रित्तै भएका छन् ।
मुगुका स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा खेतीयोग्य जमिन बढी छ । अन्य स्थानीय तहमा सरदर ६ महिनासम्म खान पुग्छ भने खत्याडमा स्थानीय उत्पादनले आठ महिनासम्म थेग्छ ।
सरकारी स्वामित्वको खाद्य संस्थानको चामल अनुदानको कोटामा दिइए पनि खत्याडबासीले यो सुविधा उपभोग गर्न पाएका छैनन् । बिक्री केन्द्रमा चामल सकिएपछि शाखा कार्यालयमा प्रत्येक दिन ५० देखि ८० सम्म सेवाग्राही आउन थालेको र बजारको महंगो चामल उपभोग गर्न बाध्य भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार