सकियो मुक्तिनाथ विकास बैंकको एक नम्बर श्रेणी, वितरणयोग्य मुनाफामा पहिरो, यसरी बन्दैछ कमजोर ?
आर्थिक संवाददाता
माघ १६, २०७८ आइतबार २०:१:२७
१६ माघ, काठमाडाैं । पछिल्लो समय वित्तीय अवस्थामा मुक्तिनाथ विकास बैंक अन्य राष्ट्रियस्तरका विकास भन्दा पछाडि परेको तथ्यांकले देखाउन थालको छ । कुनै समय विकास बैंकमा एकनम्बर रहेको मुक्तिनाथ विकास बैंकले सो “लेगासी” टिकाउन असफल भएको छ ।
भर्खरै सार्वजनिक भएको दोश्रो त्रैमासको रिपोर्ट अनुसार कम्पनीको मुनाफामा कमी आएको छ भने वितरणयोग्य मुनाफामा पहिरो नै गएको छ । कम्पनीहरुको मुनाफा देखाउने प्रमुख सूचक प्रतिशेयर आम्दानीदेखि खुद सम्पत्ति देखाउने प्रतिशेयर नेट्वर्थ एवं शेयरधनीलाई लाभांश दिन प्रयोग हुने वितरणयोग्य मुनाफा हेर्दा बैंकको वित्तीय स्वास्थ्यमा पहिरो जान थालेको संकेत मिलेको हाे ।
कुनै समय विकास बैंकमा कुन हाे एकनम्बर भन्दा दुविधा बिनै सबैले भन्ने नाम थियो, मुक्तिनाथ विकास बैंक । बैंकले हिजाेको त्यो दुख संघर्ष बिर्सेर आजको दिनमा एक नम्बरको ट्यागमा रमाँउदा बैंकको अवस्था अन्य राष्ट्रियस्तरका विकास बैंक भन्दा दिन प्रतिदिन कमजोर हुँदैछ ।यही ट्रेन्डमा बैंक जाने हो भने एकदिन सबैभन्दा कमजोर विकास बैंकमा मुक्तिनाथ विकास बैंकको नाम लेखिने त हाेइन भन्ने आशंका उत्पन्न हुन थालेकाे छ ।
आजको दिनमा अन्य विकास बैंक भन्दा कमजोर हुनुमा बैंकको अत्याधिक पुँजी वृद्धि एउटा प्रमुख कारण रहेको छ । वाणिज्य बैंक बन्न आक्रामक रुपमा पुँजी वृद्धिमा बैंकलाई केन्द्रित गराउँदा बैंकमा समस्या परेको देखिन्छ । अहिले बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रहेको छ । चुक्ता पुँजी मात्र वृद्धि हुनु र सो हिसाबमा जगेडा कोष र मुनाफा वृद्धि हुन नसक्दा, न कम्पनी बलियो भयो न शेयरधनीको नजरबाट राम्रो भयो । फलस्वरुप बैंकको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेट्वर्थको अवस्था दिन प्रतिदिन खस्किँदैछ ।
यस बैंक संचालक समितिको अध्यक्षमा भरतराज ढकाल रहेका छन् । स्थापनाकालदेखि नै बैंकको सीईओको रुपमा रहेका ढकालको योगदान बैंकलाई माथि ल्याउनमा अमुल्य रहेको छ । त्यस्तै अन्य संचालक सदस्यहरुमा गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, शालिग्राम मिश्र र निर्मला कुमारी के.सी. कार्की रहेका छन् ।
यसैगरी बैंकको उच्च व्यवस्थापनमा कुशल बैंकर प्रद्युमान पोखरेल सीईओको रुपमा कार्यरत छन् । त्यस्तै समिरशेखर बज्राचार्य नायव सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा तिलबहादुर गुरुङ र गोविन्दबहादुर राउत पनि कार्यरत रहेका छन् ।
यसरी अन्य राष्ट्रियस्तरका विकास बैंक सामु पछि पर्दै गयो मुक्तिनाथ विकास बैंक ?
प्रतिशेयर आम्दानीमा ५औं नम्बरमा :
राष्ट्रियस्तरका विकास बैंक मध्ये दोश्रो त्रैमाससम्मको तथ्यांकमा महालक्ष्मी विकास बैंकको प्रतिशेयर आम्दानी सर्वाधिक २७ रुपैयाँ छ भने मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ मात्र छ। यसरी प्रतिशेयर आम्दानीमा बैंकले ८ मध्ये ५ स्थान हासिल गरेको छ।
विकास बैंक प्रतिशेयर आम्दानी
१. महालक्ष्मी विकास बैंक २७ रुपैयाँ ३० पैसा
२. गरिमा विकास बैंक २४ रुपैयाँ ९७ पैसा
३. कामना सेवा विकास बैंक २१ रुपैयाँ ८७ पैसा
४. लुम्बिनी विकस बैंक २१ रुपैयाँ ४२ पैसा
५. मुक्तिनाथ विकास बैंक २१ रुपैयाँ ३० पैसा
६. शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक १८ रुपैयाँ ४५ पैसा
७ सांग्रिला डेभलपमेन्ट बैंक १७ रुपैयाँ ३९ पैसा
८ ज्योति विकास बैंक १६ रुपैयाँ १२ पैसा
प्रतिशेयर नेट्वर्थमा बैंक ७ औं नम्बरमा :
कम्पनीको खुद सम्पत्ति मापन गर्ने प्रतिशेयर नेट्वर्थ वा किताबी मूल्यमा मुक्तिनाथ विकास बैंक ७ स्थानमा रहेको छ अर्थात अन्तिमबाट दोश्रोमा रहेकाे छ ।
विकास बैंक प्रतिशेयर नेट्वर्थ
१. महालक्ष्मी विकास बैंक १७८ रुपैयाँ ४० पैसा
२. लुम्बिनी विकस बैंक १६८ रुपैयाँ ६८ पैसा
३. गरिमा विकास बैंक १५४ रुपैयाँ १४ पैसा
४. शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक १३६ रुपैयाँ ३३ पैसा
५. कामना सेवा विकास बैंक १३३ रुपैयाँ ०२ पैसा
६. सांग्रिला डेभलपमेन्ट बैंक १३० रुपैयाँ ९७ पैसा
७. मुक्तिनाथ विकास बैंक १३० रुपैयाँ ४५ पैसा
८. ज्योति विकास बैंक १२५ रुपैयाँ ३५ पैसा
वितरणयोग्य मुनाफामा चौथो :
“एनएफआरएस” प्रणाली अनुसार विकास बैंकहरुले पनि वितरण योग्य मुनाफा आफ्नो वित्तीय विवरणमा निकाल्दै आएका छन् ।वितरण योग्य मुनाफा शेयरधनीको हिसाबले निकै महत्वपूर्ण हुन्छ। वितरण योग्य मुनाफामा पनि बैंक चौथो स्थानमा रहेको छ।
विकास बैंक वितरण योग्य मुनाफा
१. गरिमा विकास बैंक ३५ करोड ६१ लाख
२. महालक्ष्मी विकास बैंक २७ करोड ५० लाख
३. लुम्बिनी विकस बैंक २४ करोड ९४ लाख
४. मुक्तिनाथ विकास बैंक २२ करोड २१ लाख
५ .शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक २१ करोड ८० लाख
६. सांग्रिला डेभलपमेन्ट बैंक १८ करोड ४ लाख
७. ज्योति विकास बैंक १० करोड ५ लाख
८. कामना सेवा विकास बैंक ९ करोड ६७ लाख
आर्थिक वर्ष ०७७/७८ को लाभांशमा पनि पछाडी :
कुनै समय शेयरधनीलाई लाभांश दिने मामलामा आकर्षक रहेको यस विकास बैंकले आर्थिक वर्ष ण७७/७८ को लाभांश वितरणमा राष्ट्रिय स्तरका विकास बैंक मध्ये ३ नम्बरमा पुगेको छ । आर्थिक वर्ष ण७७/७८ मा महालक्ष्मी विकास बैंकले सर्वाधिक २१ दशमलव ०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै दोश्रोमा कामना सेवाले १९ दशमवल ४७ प्रतिशत लाभांश घोषणा गर्दा मुक्तिनाथले जम्मा १८ दशमलव ५० प्रतिशत लाभांश दिएको छ ।
दोश्रो त्रैमासले साथ दिएन बैंकलाई :
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खासै आकर्षक वित्तीय विवरण निकाल्न सकेको छैन। बैंकको खुद मुनाफा घट्न पुगेको छ भने वितरणयोग्य मुनाफामा पहिरो गएको छ।
कस्तो आयो आर्थिक वर्ष ०७८/७९ दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा ६० करोड २४ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा विकास बैंकले ६१ करोड ५५ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा २ प्रतिशतको गिरावट आएको छ ।
प्रमुख आम्दानीको श्रोत (खुद व्याज आम्दानी):
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब १६ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५३ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा ३१ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा शुन्य दशमलव ५४ प्रतिशतले घट्दै ८६ करोड ५ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ८६ करोड ५२ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३० पैसा हुन आउँछ ।
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १३० रुपैयाँ आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९९ अर्ब ३५ करोड निक्षेप संकलन गरी ८७ अर्ब ४ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ०७७/७८ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीले निक्षेप संकलन १४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह १९ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष :
संचित मुनाफामा ७४ प्रतिशतको गिरावट आए सँगै बैंकको कुल जगेडामा असर पारेको छ। जगेडा कोष १४ प्रतिशतले घट्दै १ अर्ब ७२ करोड पुगेको छ।
निस्क्रिय कर्जा :
कम्पनीको खराब कर्जा शुन्य दशमलव २६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ३० प्रतिशत थियो ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार