नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना
नेपालबहस संवाददाता
माघ १६, २०७८ आइतबार १९:३७:९
१६ माघ, काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई जरिवाना गरेको छ । समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत काम गरेको भन्दै समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई २० हजार रुपैयाँ जरिवना गर्ने निर्णय गरेको हो ।
समितिले कम्पनीका अमित कुमार कयाललाई योग्यता नपुगी सहायक महाप्रवन्धकमा नियुक्ति गरेको आरोपमा दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको समितिले जानकारी दिएको छ ।
नेपाल लाइफले समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजुरी समितिमा प्राप्त भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
उनका अनुसार संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका व्यक्तिलाई महाप्रबन्धकमा नियुक्त गरेको भन्दै कम्पनीलाई जरिवाना गर्ने निर्णय गरेको हो ।
उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको समितिले बताएको छ ।
बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरीत कम्पनीले काम गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समितिरउपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेको समितिको भनाइ छ ।
कम्पनीलाई बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्सलाई जरिवाना गर्ने निर्णय गरेको समितिले गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार