ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने
नेपालबहस संवाददाता
माघ १६, २०७८ आइतबार २०:३:४३
१६ माघ, काठमाडौं । काठमाडौ निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धुलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन् ।
उक्त चलचित्रका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए । चलचित्र सास इन्टरटेन्मेन्ट सिनेमा प्रालीको व्यानरमा निर्माण हुनेछ ।
सास अधिकारीले निर्माण गर्ने चलचित्रको छायांकन सिन्धुली, काभ्रे र काठमाडौमा हुने जनाइएको छ । निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर चलचित्रको मस्यौदा तयार पारेको र त्यसलाई निर्माता अधिकारीले निर्माण गर्न लागेको जानकारी दिए ।
युद्धको कथालाई सिन्धुलीगढीमार्फत बाचन गरी बीरताको गाथा सन्सारलाइ सुनाउन पाउँदा गर्ववान्वित भएको र जिवन्त कार्य गर्न पाउँदा सारै हर्सित भएको अधिकारीले बताए । उनले चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने बताएका छन् । चलचित्रको पोष्ट प्रोडक्सनको काम भारतको मुम्बईमा हुनेछ ।
निर्माता अधिकारीले चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा स्वराङ्कन गरिने जानकारी दिए । चलचित्रका लागि मुख्य कलाकारमा मनोज भेटवाल, डिरेक्टर फ फोटोग्राफी हेडमा युवराज राई र बाँकी कलाकार अडिशनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताइएको छ ।
बिदेश ब्यवस्थापनमा शुक्र राइ र भारतिय ब्यवस्थापनमा उपहार लामिछने रहेका छन भने यूरोप अमेरिकामा निर्माता स्वयम्ले जिम्मेवारी लिएको चलचित्रको निर्माण टिमले कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारी गरेको छ ।
निर्माता अधिकारी लामो समय युरोप र अमेरिकाको बसाईपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्केका हुन् । उनी यही चलचित्रबाट निर्माताको रुपमा डेब्यु गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार