दुईपटक विवाह गर्दै फरहान अख्तर
नेपालबहस संवाददाता
माघ १६, २०७८ आइतबार २१:५:१७
१६ माघ, काठमाडौं । बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकरले दुईपटक विवाह गर्ने भएका छन् । परिवारका अनुसार उनीहरूले २१ फेब्रुअरीमा अदालती विवाह र अर्को ग्रान्ड विवाह हुनेछ ।
अदालती विवाहमा सीमित व्यक्तिको मात्र उपस्थिति हुने भएपछि फरहानले अप्रिलमा अर्को भव्य विवाह गर्न लागेका हुन् । ‘फरहान र शिबानीले फेब्रुअरीमा कोर्ट म्यारिज गरेपछि अप्रिलमा एक ग्रान्ड वेडिङ गर्ने निर्णय लिएका छन् ।
यो जोडीले पहिले कोरोना महामारी र ओमिक्रोनको बढ्दो खतराका कारण एक सानो विवाहको योजना बनाएका थिए । तर अहिले सबै कुरा नियन्त्रणमा आएको छ । त्यसकारण उनीहरूले स्वास्थ्य मापदण्डको पालना गर्दै भव्य विवाह गर्ने योजना बनाएका छन्’, फरहान निकट स्रोतले भनेको छ ।
फरहान चाँडै नै एक सडक यात्राको कथा रहेको फिल्म ‘जी ले जरा’ लिएर आउँदैछन् । जसमा अभिनेत्री आलिया भट्ट, प्रियंका चोपडा र कैटरिना कैफको अभिनय रहनेछ । भलै प्रियंकाले आमा बनेपछि यो फिल्मबाट हात झिकेकी छन् । फरहान अहिले प्रियंकाको स्थानमा अर्को अभिनेत्रीको खोजी गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार