राससको मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु
नेपालबहस संवाददाता
माघ १६, २०७८ आइतबार २१:२२:२१
१६ माघ, जनकपुर । राष्ट्रिय समाचार समिति (रासस) को मधेश प्रदेशस्तरीय दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि जनकपुरधाममा सुरु भएको छ ।
रासस मधेश प्रदेश कार्यालय जनकपुरधामको समन्वयमा प्रदेश सरकारअन्तर्गतको आमसञ्चार प्राधिकरणको आयोजनामा सुरु भएको उक्त अभिमुखीकरण कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लामा कार्यरत राससका स्थानीय समाचारदाता तथा कर्मचारी सहभागी छन् ।
अभिमुखीकरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक राजु शाक्य, कार्यकारी व्यवस्थापक उत्तम सिल्वाल, प्रमुख समाचारदाता कृष्ण अधिकारी र कार्यकारी सम्पादक शीतल महतोले राससको अवस्था, समाचार सङ्कलन, सम्प्रेषण, सम्पादनसहित कार्यसम्पादन प्रक्रिया, रासस शैली, राससमा पत्रकारिता गर्दा ख्याल गर्नुपर्ने विषयवस्तुलगायत विषयमा सहजीकरण गर्ने कार्यक्रम छ ।
राससको सम्पादन कक्ष, रिपोर्टिङ र व्यवस्थापनमा सुधार गर्नुपर्ने विषयमा समूहगत छलफल हुने रासस प्रदेश कार्यालयले जनाएको छ । यस्तै अभिमुखीकरण कार्यक्रममा राससमा फोटो पत्रकारिता, मधेश प्रदेशमा राससको प्रभाव, मधेश प्रदेश सरकारले गरेका काम र रासससँगको अपेक्षा तथा मधेश प्रदेशमा उठान गर्नुपर्ने विषयमा प्रदेशसभा सदस्य तथा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्वसभापति रामआशिष यादव, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र राससका फोटो पत्रकार प्रदीपराज वन्तले पनि सहजीकरण गर्ने कार्यक्रम तय भएको छ ।
अभिमुखीकरण कार्यक्रमको समापनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गर्ने कार्यक्रम छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार