आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा
नेपालबहस संवाददाता
माघ १७, २०७८ सोमबार १२:२२:४५
१७ माघ, दमौली । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।
व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने उनले बताए । १४ वटै वडामा रहेका विद्यालयमा खोप अभियान सञ्चालन गरिनेछ । शुक्लागण्डकी नगरपालिकाले यही माघ १७ र १८ गते स्वास्थ्य संस्थामार्फत् बालबालिकालाई खोप दिन लागेको छ । १२ वटै वडामा रहेको विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत् बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार चार सय ३७ बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको छ । भानुका तीन हजार दुई सय २०, व्यासका नौ हजार पाँच सय दुई, म्याग्देका एक हजार चार सय ७१, शुक्लागण्डकीका पाँच हजार सात सय ८८, भिमादका दुई हजार आठ सय ७९, घिरिङका एक हजार तीन सय १८, ऋषिङका दुई हजार ८७, देवघाटका एक हजार पाँच सय ४४, बन्दीपुरका दुई हजार ५३ र आँबुखैरेनीका दुई हजार पाँच सय ७५ ले पहिलो मात्रा लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार