‘प्रतिपक्षीको भावना, सरकारको मार्गदर्शन’ : मुख्यमन्त्री शाही
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १७, २०७८ सोमबार १२:४५:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/jiwansahi_M05aE5ggS8.jpg)
१७ माघ, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिपक्षीको भावना सरकारका लागि मार्गदर्शन भएको बताएका छन् । उनले प्रतिपक्षी दलले दिएको सुझाव ग्रहण गरेर अगाडि बढ्ने विश्वास दिलाए ।
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको आज बसेको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रतिपक्षीले उठाएका सवाल निःस्वार्थ र सुशासन कायम गर्न सघाउने बताए । उनले भने, “प्रमुख प्रतिपक्षीले प्रदेश सरकारले कार्यान्वयनका क्रममा गरेका कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्ने मार्ग प्रशस्त गरेको छ । यसलाई आत्मसात् गर्नेछौँ ।”
सरकारको दायित्व सदनप्रति जवाफदेही हुनुपर्छ भन्ने विषयमा सचेत रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट निर्माणमा तीन तहका सरकारबीच तारतम्यता नमिल्दा अन्योलता बढेको र यसले टुक्रे योजना बन्ने प्रक्रियालाई प्रोत्साहन गरेको बताए । प्रदेश सरकारको बजेट त्यही अवस्थामा गएको बताएका उनले गर्दै सिक्दै अगाडि बढ्ने जनाए ।
कानुनले वर्जित नगरुन्जेलसम्म सरकार बजेट तथा योजना कार्यान्वयनमा तत्परताका साथ लाग्ने उनको भनाइ थियो । मुख्यमन्त्री शाहीका अनुसार ११ देखि १७ वर्षका ८० प्रतिशत बालबालिका, १२ हजार नागरिकलाई बुस्टर र ७० प्रतिशतले दोस्रो खोप लगाइसकेको छ भने कालीकोट, प्रदेश अस्पताल सुर्खेतसहित गुर्भाकोट नगरपालिका सुर्खेतमा प्रतिमिनेट २५० एमएल उत्पादन गर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना भएको जानकारी दिए ।
त्यस्तै प्रदेश सरकारका अनुसार कोहलपुर सुर्खेत जोड्ने १३२ केभीको ट्रान्समिसन लाइन तान्ने काम भएको छ । पौने तीन महिनामा तीन सुत्केरीको उद्धार गरिएको छ । रु ६१ लाख राहत मुगुका आगलागी पीडितलाई प्रदान गरिएको छ । कर्णालीका सबै जनप्रतिनिधिहरू एकै डुङ्गा रहेको र बिग्रँदा सबै डुब्दै भन्दै विश्वासमाथि अविश्वास नगर्न उनले अपिल गरे ।
नेकपा ‘एमाले’ कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले टुक्रे योजनाबाट कर्णालीको विकास नहुने भन्दै ती योजना सरकारले खारेज गर्न सके प्रतिपक्षीले सरकारलाई सहयोग गर्ने बताए । नेता कँडेलले भने, “यहाँ चार हजार योजनाको आवश्यक छैन । कर्णालीमा विकास खाने नभई गर्ने हो भने योजना नभई मोडेलमा जानुपर्दछ ।” उनले पूर्वाधार विशेष कार्यक्रमका सन्दर्भमा बोल्दै यसको कार्यान्वयनका लागि बनेको कार्यविधिले प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यबीच विवाद उत्पन्न गरेको र त्यसलाई सुल्झाउने गरी सरकारले कार्यविधि संशोधन गर्न सुझाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार