कोरोनाको तेस्रो लहर : घरघरमा बिरामी, आइसोलेशन केन्द्र रित्तै !
नेपालबहस संवाददाता
माघ १७, २०७८ सोमबार २३:०:८
♦ सुधा देव
१७ माघ, सप्तरी । १५ दिनअघि राजविराज नगरपालिका–२ का ४५ वर्षीय सन्तोष यादवलाई उच्च ज्वरो आयो । रुघाखोकी केही थिएन तर थाम्नै नसक्ने गरी जाडो हुन्थ्यो । कोरोनाको तेस्रो लहर फैलिनु र उनलाई ज्वरो आउनु एकै पटक भयो । उच्च ज्वरो आए पनि उनले अस्पताल गएर परीक्षण गरेनन् । बरु घर नजिकैको औषधि पसलबाट ज्वरो कम गर्ने र दुखाई रोक्ने औषधि किनेर खाए ।
उनका अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका अधिकांश लक्षण देखिएको थियो । उनले भने, ‘खाना खान त मनै लाग्दैन्थ्यो । जवरजस्ती अलिअलि खाएर औषधि नियमित खान्थे, बाफ लिन्थेँ । तातो पानी खान्थे ।’ उनले पीसीआर टेस्ट पनि गराएनन् । उनले थपे, ‘एक पटक पीसीआर टेस्ट गराउने इच्छा लागेको थियो । जाडो र कमजोरीका कारण निस्किनै सकिन ।’ परिवार सँगै सँगै उनी बसे । उनलाई पाँच दिन ज्वरो लागेर निको भयो । तर, सामान्य अवस्थामा आउन १० दिन लाग्यो ।
उनलाई ज्वरो कम भएपछि आमा, श्रीमती, छोराछोरीलाई पनि पालैपालो ज्वरो आयो । उनीहरूले पनि त्यसैगरी औषधि खाए ज्वरो निको भयो । उनले भने, ‘पीसीआर टेस्ट गर्ने र अस्पताल भर्ना गर्न आवश्यकता नै परेन् ।’
राजविराज नगरपालिका–६ कै ४७ वर्षीय नरेश चौधरीलाई पनि २० दिनअघि उच्च ज्वरो आयो । घर नजिकैको फार्मेसीमा गएर उनले पनि समस्या सुनाएर र फार्मेसी सन्चालकले दिएको औषधि खाएरै ठिक भएँ । उनले सुनाए, ‘अस्पताल जानेतर्फ ध्यान नै गएन । तर, एक हप्ता थला परे ।’ एक हप्तापछि ज्वरो त निको भयो तर १५ दिनसम्म मुख मिठो नभएको र कमजोरीले सताएको उनको अनुभव छ ।
राजविराज नगरपालिका–२ का ४० वर्षीय सुनिल चौधरीको अनुभव पनि यस्तै छ । उनी पनि तीन दिन ज्वरोले थलिए तर कोरोना परीक्षण गर्ने र अस्पताल जाने झन्झटमा लागेनन् । उनीसँगै परिवारका अन्य सदस्यलाई पनि केही दिन ज्वरोले थला पार्यो ।
सप्तरीमा कोरोनाको पहिलो र दोस्रो लहरमा भन्दा तेस्रो लहरमा धेरै मनिस बिरामी भए पनि पीसीआर परीक्षण गर्ने र अस्पताल जाने निकै कम रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।
उनले भने, ‘ज्वरोका बिरामी घरघर भए पनि अस्पताल आउने निकै कम छन् । पीसीआर गराएकामध्ये तीन सय हाराहारीमा मात्रै पोजेटिभ देखिएको तथ्यांक छ ।’
आइसोलेशन केन्द्र रित्तै
कोरोना संक्रमितका लागि बनाएको राजविराजस्थित साइकृष्णाको आइसोलेसन तथा गाउँपालिका, नगरपालिकाद्वारा सन्चालित आइसोलेशन पहिलो र दोस्रो लहरमा भरिभराउ थिए । तर यसपटक रित्तै रित्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार