प्रदेश १ मा ५७२ संक्रमित थपिए
नेपालबहस संवाददाता
माघ १७, २०७८ मंगलबार १:५०:४४
१७ माघ, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ९७४ जनाको पिसिआर परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा सात, सङ्खुवासभा र पाँचथरमा तीनरतीन, इलाम र भोजपुरमा दुई/दुई, तेह्रथुम र खोटाङमा एकरएक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा आठ, पथरीशनिश्चरेमा सात, कटहरी र सुन्दरहरैचामा छरछ, जहदामा चार, बूढीगङ्गा र कानेपोखरीमा तीनरतीन, रतुवामाई र मिक्लाजुङमा दुईरदुई, ग्रामथान, सुनवर्षी र स्थानीय तह नखुलेका एकरएक, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा आठ, अर्जुनधारामा सात, गौरादहमा छ, मेचीनगरमा छ, शिवसताक्षी, हल्दिबारी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका तीनरतीन, बाहृदशीमा दुई, कचनकवलमा एकजनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहवीमा चार, बर्जुमा तीन, इनरुवा र बराहक्षेत्रमा दुईरदुई, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोसी गाउँपालिकामा एकरएक, धनकुटाको धनकुटा नगरपालिकामा सात, पाख्रिबासमा दुई, छथरजोपाटीमा एक, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा एकरएक र स्थानीय तह नखुलेका दुई, सङ्खुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा एकरएकजनामा सङ्क्रमण देखिएको छ ।
पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका एकरएक, इलामको इलाम नगरपालिका र चुलाचुलीमा एकरएक, भोजपुरको हतुवागढीमा दुई, तेह्रथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा एकरएक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३८२ महिलासहित ८४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७१७ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार