ज्यानमारा भाइरसबाट एकै दिन नौ जनाको मृत्यु
नेपालबहस संवाददाता
माघ १८, २०७८ बुधबार २:५३:२
१८ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ज्यानमारा कोरोना भाइरसबाट मंगलबार एकै दिन नौ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ७५२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।
यस्तै २०० भन्दा बढी संक्रमित भएका १५ जिल्ला छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बागलुङ, तनहँु, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । नेपालमा सङ्क्रमण दर १८।३ प्रतिशत छ । हाल होम आइसोलेसनमा ७३ हजार १७८, संस्थागत आइसोलेसनमा एक हजार ४७५, आइसियुमा २७९ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ ।
करिब चार लाखले खोप लगाए
पछिल्लो २४ घण्टामा तीन लाख ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख चार हजार ३३३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार २६७ कोरोनाबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको पीसीआर परीक्षण गरिएको थियो । निको हुने दर ९१ प्रतिशत रहे। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ७४ हजार ६५३ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार