गृहमन्त्रीले सिडिओहरूलाई सोधे-: जिल्लाको शान्ति सुरक्षाको स्थिति के छ ?
नेपालबहस संवाददाता
माघ २०, २०७८ बिहिबार १८:४४:४६
२० माघ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १३ जना प्रमुख जिल्ला अधिकारी ‘प्रजिअ’ र एकजना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिड–१९, शान्ति सुरक्षा, कर्मचारीको स्थिति लगायतबारे जानकारी लिएका छन् ।
टेलिफोन कुराकानी गरेर खाणले बिहीबार बिहान प्रजिअहरू इन्द्रदेव यादव ‘सुनसरी’ काशीराज दाहाल ‘मोरङ’ छविलाल रिजाल ‘झापा’, कृष्णबहादुर कटुवाल ‘बारा’ धर्मेन्द्र मिश्र ‘नवलपरासी पश्चिम’, ऋषिराम तिवारी ‘रुपन्देही’, चक्रपाणी पाण्डे ‘कपिलवस्तु’, किरण थापा ‘कैलाली’, सूर्यबहादुर खत्री ‘बाँके’, सन्तबहादुर सुनार ‘बर्दिया’ र हीरालाल रेग्मी ‘दाङ’, उमेशकुमार ढकाल ‘पर्सा’ र रामप्रसाद पाण्डे ‘कञ्चनपुर’ र नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग जानकारी लिएका हुन् ।
सहायक प्रजिअ बरालले गृहमन्त्री खाणले गरेको फोन कुराकानीले काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न प्रेरणा हुने बताए । ‘गृहमन्त्रीज्यूले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभयो’, सहायक प्रजिअ बरालले भने, ‘मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न प्रेरणा हुन्छ ।’
कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताए ।
‘सामान्यतया आन्तरिक विषयबस्तुमा महत्वपूर्ण घटना नभई अन्य गृहमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जागर र सर्तक रहन सिकाएको छ ।’
गृहमन्त्री खाणले प्रजिअहरूसँग जिल्लामा संक्रमणको स्थिति, नियन्त्रणका लागि चालिएको कदमसँगै शान्ति सुरक्षाबारे जानकारी लिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार