गम्भीर बिरामी नभए पनि समुदायमा व्यापक रुपमा ओमिक्रोन : स्वास्थ्यकर्मी
नेपालबहस संवाददाता
माघ २०, २०७८ बिहिबार २०:७:११
♦ दिलमाया शाही
२० माघ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा कोही पनि आएका छैनन् ।
महामारीको पहिलो र दोस्रो लहरमा जस्तो तेस्रो लहरको संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेको छैन । प्रतिष्ठानका अनुसार यसपटक धेरै बिरामी होम आइसोलेशनमै बसेका र थोरै मात्रामा अस्पतालमा भर्ना भएका छन् ।
प्रतिष्ठानका आइसोलेशन विभाग प्रमुख सृजना महतले यसपटक अस्पतालमा भर्ना भएका बिरामीमा पनि गम्भीर समस्या नभएको बताइन् । गम्भीर बिरामी नभए पनि समुदायमा व्यापक रुपमा फैलिएको हुनसक्ने उनको अनुमान छ ।
यसपटक परीक्षण पनि कम भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार तेस्रो लहरमा मंगलबारसम्म जुम्लामा एक सय ३१ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ ।
जसमध्ये तीन जना अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । मंगलबारसम्म गरिएको परीक्षणमा एन्टिजन परीक्षण गर्दा थप पाँच जनामा कोरोना संक्रमण देखिएको थियो । यसमध्ये ३८ जना निको भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रभावकारी सूचना प्रणाली
स्थानीय प्रशासनले पछिल्लो पटक सूचना प्रणालीलाई प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत दैनिक कारोनाको अवस्था दैनिक अपडेट गरिरहेको अवस्था छ । यो पटकको भेरियन्टमा समुदायमा कोरोना भए पनि खासै कठिन अवस्थाका बिरामी आएका छैनन् ।
ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई भने अलि बढी असर गरेकाले उनीहरू भने अस्पतालमै उपचार गर्न आउने गरेका प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले पछिल्लो समय खोप अभियानलाई तीव्र पार्नुका साथै कोरोना परीक्षण गर्ने शंकास्मत व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजन परीक्षण तथा मास्क वितरण समेत भइरहेको छ । पछिल्लो समय १२ देखि १७ बर्षका बालबालिकालाई पनि खोप लगाउने अभियान जारी रहेको छ ।
तेस्रो भेरियन्टको कोरोनामा भने निकै कठिन विरामी आउने र धैरैले ज्यान गुमाएपछि कर्णाली प्रतिष्ठानलाई उपचारमा हम्मे हम्मे भएको थियो । प्रतिष्ठानका अनुसार कोरोनको दोस्रो भेरियन्टमा २७ जनाको निधन भएको थियो ।
तर, प्रतिष्ठानले सहजकता भने अपनाएको बताएको छ । आइसोलेशन वार्डलाई फेरि सुचारू गरेको छ । यस्तै कोरोना न्यूनिकरण गर्न प्रतिष्ठानमा सोही अनुसारको जनशक्ति खटाएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार