खोपको पूर्ण मात्रा ७० प्रतिशत नेपालीले लगाए : डब्लुएचओ
नेपालबहस संवाददाता
माघ २०, २०७८ बिहिबार २२:३३:४०
२० माघ, काठमाडौं । नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले बधाई दिएको छ ।
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले बुधबारमात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको थियो ।
’७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’ डब्ल्यूएचओ नेपालले भनेको छ ।
Congratulations Nepal🇳🇵for reaching another crucial milestone. 7⃣0⃣ % of the adult population ( > 18 years) have now received a full COVID-19 vaccine course. (1/2) pic.twitter.com/ocRiojA2Wz
— WHO Nepal (@WHONepal) February 3, 2022
नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार