भारतबाट नेपाल नियाल्दा
नेपालबहस संवाददाता
माघ २०, २०७८ बिहिबार २३:४९:१२
♦महेन्द्र पी. लामा
…..हामी भारतीयहरूका लागि के छैन त्यो पारीपट्टिको नेपालमा । प्रकृति, सुन्दरता, भौगोलिक एवं भूपरिवेष्ठित प्रमुखता, पर्वत–पहाड–समतल, प्राकृतिक संसाधन, पानी, हिमाल, संस्कृति–समाज, इतिहास, खेतीपाती, पशुप्राणी र मानव संसाधन आदिले परिपूर्ण छ त्यो नेपाल । र पनि नेपाल किन विकासशील राष्ट्र हुन सकेन ?
अहिले पनि विश्वका ४०–४५ वटाको लिस्ट डेभलप्ड कन्ट्री (सबैभन्दा कम्ती विकास भएका) को सूचीमा भोटाङ्, अफगानिस्तान, मालदिभ्स्जस्तै नेपाल पनि किन गनिन्छन् ? दशकौं भयो अनेकौं राष्ट्रहरूले आर्थिक अनुदान प्रदान गरेको र पनि बुनियादी सुविधा किन पुगेन त्यहाँ ? राणाको क्रुर शासन स्वाहा भएर गयो । राजाको एकलौटी प्रशासन पनि जरैबाट उखेलिएर फ्याँकियो र माओवादी आन्दोलनले एउटा नयाँ दिशानिर्देश गर्दै राष्ट्रले प्रजातान्त्रिक ढाँचा अपनायो र पनि नेपाल दिशाहिन किन छ ? शताब्दीदेखि रहिआएका अवहेलित आफ्नै नागरिक किन किञ्चित मात्रामा पनि माथि उठ्न सकेनन् ?
त्यही पानी चलाएर बेचेर, आधार मानेर सिंगापुर, गोवा विकासको टुप्पोतिर नै पुग्न लाग्दा पनि, पानी नै पानी भएको त्यो नेपालचाहिं किन अँध्यारो, किन पछौटे र किन अविकासले ग्रसित ? सम्पूर्ण विश्वले मानेको वीर–बहादुर नेपालका सिपाहीहरू, दुबई–मलेशिया–अमेरिका आदिले पनि मानेका नेपाली श्रमिक अनि अन्य पेसादार मानिसहरू हँुँदाहुँदे पनि आफ्नै राष्ट्रचाहिं किन अघि बढ्न चल्मलाउँदैन ?
उत्तरमा चीन र दक्षिणमा भारत दुवै द्रुतगतिमा अघि बढिरहेका राष्ट्रहरू छिमेकी भएर पनि नेपालले किन फाइदा उठाउन सकेन । दुवै देशलाई अँगालेर नेपाललाई एउटा नमुना राष्ट्र बनाउन किन सकेन ? ओखतीमुलोको राष्ट्र नेपाल, संस्कृति–पारम्परिक ज्ञानको भण्डार र प्राकृतिक संसाधनले छोपेको नेपाल । हर्बलको खोजीमा चुर्लुम्म डुबेको विश्वमा, नेपाल केवल ओखतीमुलोको पारम्परिक ज्ञान बेचेर ‘प्याटेन्ट’ लिएर नै आजसम्म चारपाँच वटा कोकाकोला र सामसुङ्जस्ता कम्पनीका मालिक बस्ने राष्ट्र बन्न सक्थ्यो । पहाड पर्वतबाट लडी मरी नेपालीले यार्सागुम्पाचाहिं टिप्ने र त्यही यार्सागुम्पालाई चीनमा पठाएर त्यहाँ त्यसलाई ओखती आदिमा परिणत गराएर चीनले अर्बौं कमाउने । कोरा मालको राष्ट्र कति दशक अझै रहने नेपाल ?
अर्काको भिजन चोर्नु भनेको शिर–शरीरमा गोबर टाल्नु भनेको हो । सुकेपछि झरिहाल्छ, कति टाल्ने फेरि ? भिजन पनि सुकेर झर्छ । भारतका कतिपय नेताहरू यही कारण अधोगति भए । फेरि उता क्युबाका फिडेल क्यास्ट्रो, दक्षिण अफ्रिकाका नेल्सन मण्डेला, सिंगापुरका ली क्वान यु र ब्रिटेनकी मारगरेट थ्याचर अमर भए, किनकि आफ्नै मौलिक भिजन थियो उनीहरूमा ।
विकासको मूल नै फुटेन नेपालमा, जनताको आँगनमा घाम नै लागेन नेपालमा । प्रतिभाशाली युवापिँढीले भरिपूर्ण नेपालमा प्रकृतिले चमत्कार देखाए पनि शासक र प्रशासकले भाका नै टिपेन, पारा नै ल्याएन र आँतै पुरेन । किन यस्तो भयो नेपालमा ? हामी अन्य राष्ट्रका नागरिक नेपाल र नेपालीलाई अघि बढ्न नसकेको देख्दा अकमक्क पर्छौं, एकार्कामा प्रश्नहरू राख्छौं र कहिलेकाहीं छलफल पनि गर्छौ । आजको नेपालमा हिजोझैं पाँच–छ विशेष कुरोहरूको कमी छजस्तो लाग्छ हामीलाई । विश्वका अन्य राष्ट्रहरू जस्तो प्रकारले विकास भए, ती सबलाई नियालेर हेरेपछि हाम्रो छिमेकी राष्ट्र नेपालमा के–कस्ता कमी रहेछन् भन्ने विषयमा मन्तव्य पोख्न तत्पर हुन्छौं हामी ।
प्रथमतः नेपालमा नेतृत्वको नितान्त कमी छ । नेतृत्व कमजोर भएर देश नै ओह्रालो लाग्यो । नेपालको विकासमुखी क्षमतासँग मिल्ने गहिरो, व्यापक र उच्च सामथ्र्य भएको नेतृत्व नेपालले कहिल्यै पाउन सकेन । यस्ता सामथ्र्य भएका नेताले अर्कोपट्टि जीवन नै दमनकारी प्रशासनमा बिताउनु पथ्र्यो । खोई नेपालमा नेता जसले विश्व अँगाल्न सक्छ, भारत र चीनको विकास चुम्न सक्छ र राष्ट्रलाई विश्व बजार र राजनीतिमा एउटा खेलाडी बनाउन सक्छ ।
बौद्धिक टक्कर दिने राजनीतिक हुँकार र कुटनयिक तिखोपन भएको नेता नै नेपालले पाएन । व्यक्तिगत स्वार्थ, भौतिक आनन्द र सूक्ष्म सोच–विचारबाट माथि उठेर २५ वर्षमा नेपाल यस्तो बनाएर छोड्छु भनेर कम्मर कस्ने नेता नै छैन नेपालमा । र नै सरकार हरेक वर्ष पल्टिन्छ त्यहाँ, जनताका गहभरि आँसु हुन्छन् क्षणक्षणमा त्यहाँ । नेताले त्यसलाई पछार्छु, उसलाई निमोठ्छु, कसैलाई चढ्नै दिन्न भन्न थालेपछि ऊ स्थानीय हुन्छ । राष्ट्रदेखि टाढिदै जान्छ र जनता जनार्दनको इच्छा–आकांक्षा दूर हुन्छ ।
नेतामा आफ्नो भिजन र दूरगामी सोच हुनुपर्छ । अर्काको भिजनको पैंचो लिएर राष्ट्र चल्दैन । अर्काको भिजन चोर्नु भनेको शिर–शरीरमा गोबर टाल्नु भनेको हो । सुकेपछि झरिहाल्छ, कति टाल्ने फेरि ? भिजन पनि सुकेर झर्छ । भारतका कतिपय नेताहरू यही कारण अधोगति भए । फेरि उता क्युबाका फिडेल क्यास्ट्रो, दक्षिण अफ्रिकाका नेल्सन मण्डेला, सिंगापुरका ली क्वान यु र ब्रिटेनकी मारगरेट थ्याचर अमर भए, किनकि आफ्नै मौलिक भिजन थियो उनीहरूमा ।
दोस्रोः नेपालमा भनेजस्तो संस्थाहरू नै छैनन् । देशको चौतर्फी विकासका लागि संस्था नै प्रमुख हुन्छ । शैक्षिक, स्वास्थ्य, नियम–कानुन, विकासमूलक, प्रशासनिक, वैज्ञानिक, औद्योगिक, सांस्कृतिक, प्राकृतिक संसाधन, मानव विकास, आर्थिक, न्यायिक सबै प्रकारका संस्थाहरूले गहिरो जरा हाल्नैपर्छ । अहिलेसम्म पनि नेपालमा पञ्चायत व्यवस्थाले जन्माएका र हुर्काएका संस्थाहरू नै प्रचलित छन् । आधुनिक संस्थाहरू त धेरै तल छन् । पारम्परिक संस्थाहरूका जरा संरक्षण छैनन् अर्कातिर ।
राजनीतिक दल र नेताहरूले कहिल्यै संस्था निर्माणमा आफूलाई होमेनन् । केवल रहिआएका संस्थाहरूमा मज्जा गरे । संस्थाले राष्ट्र चलाउनु पर्छ, कारण संस्था पींढी–पींढी बाँच्छ, मान्छेको त चोला उठिहाल्छ । जलवायु परिवर्तनमा त नेपालले विश्व नै पिट्नुपर्ने । हिमालय भेगमा अवस्थित भएर पनि जलवायु परिवर्तनसम्बन्धी संस्था नै छैनन् नेपालमा ।
तेस्रोः नेपालमा क्षेत्रीय सामाजिक र विशेष जातिगत भेदभाव अति नै गहिरो छ । नेताहरूले भेदभावलाई मुद्दा बनाए, तर भेदभाव हटाउने प्रयास भने कहिल्यै गरेनन् । बरू राजाले पीडित र शोषित जातका अलिकति आवाज भएका व्यक्तिलाई टपक्क टिपी एउटा गतिलै ओहोदा दिन्थे र भेदभावलाई ढाकछोप मात्रै नगरेर भविष्यमा आवाज नै बन्द गरिदिन्थे । राजनीतिक दलका नेताहरूले यही कुरालाई टिपे र दाहो¥याए । कारण छिटा–मीठो बाटो नै यही थियो आफ्ना सरकार नै बचाउन नसक्ने राजनैतिक दलहरूका निम्ति ।
———————————
(भारतीय विकास अर्थशास्त्री, सिक्किम विश्वविद्यालयका संस्थापक कुलपति, नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह अर्थात ‘इमिनेन्ट पर्सन्स् ग्रुप’का एक सदस्य, सिक्किम राज्य सरकारका पूर्व सल्लाहकार एवं भारतीय नीति–निर्माताको रुपमा विभिन्न जिम्मेवार ओहोदामा रहेर कार्यरत एवं लेखक महेन्द्र पी. लामाको हालै प्रकाशित पुस्तक ‘ओ दार्जिलिङ् !’ को उल्लेखित शिर्षककै लामो लेखको एक अंश, पृ. १७१–१७६ ।) –चन्द्रमणि गौतमबाट उपलब्ध
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार