म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात
नेपालबहस संवाददाता
माघ २१, २०७८ शुक्रबार २१:४०:१६
२१ माघ, बेनी । म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गएराति अविरल वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । यहाँका पर्यटकीयस्थलमा भने चहलपहल सुरु भएको छ ।
उच्च पहाडी क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । बिहीबार साँझदेखि अहिलेसम्म डेढफिटसम्म हिउँ परेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । हिमपातका कारण स्थानीय लघुजलविद्युत् परियोजना अवरुद्ध भएको छ ।
धवलागिरि गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी रघुगङ्गा, मङ्गला, मालिका, अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकाको उच्च पहाडी भेगमा हिमपात भएको छ । सदरमुकाम बेनीदेखि नजिकैका पर्यटकीयस्थल रुइसे, टोड्केलगायतका स्थानमा हिउँ खेल्न आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
हिमपात र वर्षापछि किसान उत्साहित छन् । गहुँ, जौँ, केराउलगायत हिउँदेबालीमा सिँचाइ र खेतमा मकै छर्ने तयारी गरेका किसानलाई वर्षा र हिमपातले राहत मिलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार